कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्रको सय दिन : ल्याए यस्ता गज्जबको योजना

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडवार्ड मनाउने खर्चसमेत वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका काम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई चाडवाड खर्च वितरण गर्ने घोषणा गरेका हु्न् । नगरपालिकाले आगामी दशै अगाडी जेष्ठ नागरिकलाई चाडवाड खर्चवापत एक हजार रुपैया वितरण गर्ने जनाएको छ ।

नगरपालिकाले जेष्ठ नागरिकका लागि निशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरेको छ ।

“मेयरसँग जेष्ठनागरिक घरदैलो निशूल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडानम्बर–९बाट सुरु गरिएको छ,” प्रमुख कार्कीले भने । नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवन तथा जेष्ठनागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको जनाएको छ ।

यस्तै नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बोहेरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगरअस्पतालको १५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ ।

शिक्षतर्फ सुधारका लागि नगरशिक्ष ऐन संशोधन गरी शिक्षा ऐन २०२८सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्ल्यापटप अभियान संचालन गरेको छ ।

“अभियान अन्तर्गत २०९ शिक्षकलाई ल्यापटप विचरण गरिएको छ,” नगरप्रमुख कार्कीले भने, “सामुदायिक विद्यायको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आइसीटी र खेलकुदलगायतका शिक्षक व्यवस्था गरेको छ ।”

विद्यायको दर्ता र नविकरणवापतको शूल्कमा २५ प्रतिशत घटाएको कार्कीले बताए । सामुदायिक विद्यालयमा इसीडी कक्षा संचालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ ।

यस्तै नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयषरी गरेको हो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बनिरहेको भन्दै नगरपालिकाले नगरभित्रै फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।

यस्तै नगरपालिकाले नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै अव खेलविशेषका एकेडेमि निर्माणका लागि सघंीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको