प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । गएराती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताईएकोे छ ।
उहाँको स्वास्थबारे थप विवरण भने आएको छैन । प्रधानमन्त्री ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किनुभएको थियो ।
प्रधानमन्त्री आलीलाई डिस्चार्ज गर्दा उहाँको उपचारमा संलग्न चिकित्सकले अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए ।