बालेनले नियुक्त गरे शिक्षा सल्लाहकार, रेशुले पाइन् जिम्मेवारी

काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन शाहको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। उनलाई शिक्षा सल्लाहकारको रूपमा नियुक्त भएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ। अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्।

केही दिनअगाडि महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो।मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

त्यस्तै, महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राखेको छ । बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थको पसलहरु अनुगमन गर्नेछ ।

यस्तै मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका थिए।

महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ। महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

सरकारले कक्षा ६ सम्मका लागि दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको छ। महानगरपालिकाले १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्‍याउने भएको छ।

मेयर बालेनले वडा क्लिनिकमा एमबिबिएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सके स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए।

महानगरपालिकाका वडाहरूमा हुने विकास निर्माणको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन्।

फुटपाथ तथा पार्किङ व्यवस्थापन गर्न खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता वितरण र करारका कर्मचारीको समय थप लगायतका विषय बैठकमा पेश गरिएको थियो। यसअघि दैनिक ३ सय रूपैयाँ दिँदै आएकोमा सो रकम न्यून भएको भन्दै ५ सय दिने प्रस्ताव गरिएको छ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको