काठमाडौं उपत्यकाबाहिर पहिलो कोरोना संक्रमण, कति पुग्यो संक्रमित संख्या ?

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या चार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार ईश्वर कार्कीलाई दिएको जानकारीअनुसार चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देवकोटाकाअनुसार संक्रमित भएका चौथो व्यक्ति दुवईबाट आएका थिए । उनी ३४ वर्षीया पुरुष हुन् ।

यसअघि पत्ता लागेका कोरोना भाइरस संक्रमित तीन जना नै काठमाडौ उपत्यकाभित्र नै थिए । ती मध्ये दुई पुरुष र एक महिला उपचारका लागि उपत्यकाका अस्पतालमै भर्ना भएका थिए । उनीहरुमध्ये पहिलो चीनबाट, दोस्रो फ्रान्सबाट र तेस्रो दुबईबाट आएका थिए । दुईजनाको उपत्यका बाहिर घर भएपनि उपत्यका छाडेका थिएनन् ।

यसपटक भेटिएका कोरोना भाइरस संक्रमित धनगढीका हुन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । त्यहाँबाट उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेष्टका लागि पठाएर जाँच्दा पोजेटिभ नतिजा आएको थियो ।

संक्रमित ३४ वर्षका युवक पनि वैदेशिक रोजगारीबाट आएको बुझिएको छ । उनी दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेको र ११ चैत्रमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको