कांग्रेसले दियो सरकारलाई १७ सुझाव, भन्यो भोली हैन आजै गर्न जरुरी छ

काठमाडौं – कोरोना भाइरस कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि निरन्तर सरकारलाई खबरदारी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समयमै आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आफ्नो पूर्ण साथ र सहयोग रहेको दोहोर्‍याउँदै कांग्रेसले परिस्थितिलाई गम्भीरतापूर्वक ध्यान दिएर समयमै आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले शुक्रबार उपप्रधान तथा रक्षामन्त्री एवं नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बुझाएको ज्ञापनपत्रमा समयमै आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता भएको उल्लेख छ ।

कांग्रेसको १७ बुँदे ज्ञापनपत्र 
१) विश्वमा फैलेको कोरोना महामारी मानव सभ्यताको लागि शताब्दी कै ठूलो चुनौतीको रुपमा आइरहेको छ । यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ ।
२) सबै आम नागरिकले कोरोना नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता छ ।
३) कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ ।
4) नेपाल सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ ।
५) नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पि.पि.ई. (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ ।
६) कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्‍याउनु सबै नागरिकहरुको दात्यिव हो । साथै सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ ।
७) यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ ।
८) सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ । यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ ।
९) कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ÷संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न  र सहयोग पुर्‍याउन आवश्यक छ ।
१०) लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यवसायीक र सामाजिक संघसंस्था तथा राजनैतिकर्मीहरुले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ ।
११) छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राको क्रममा भारतमा विचल्लि परेका नेपालीहरुको उद्दार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ ।
१२) संसार भरी छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागि हाम्रा कुटनीतिक निकायहरुले सक्रियता बढाउनु आवश्यक छ ।
१३) यो महामारीको नियन्त्रण गर्न रातदिन खटी रहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र छन् । उनीहरुको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो  प्राथमिकता दिनु पर्दछ । यस्तै अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ ।
१४) कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ ।
१५) कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपाल भरी नै लकडाउन गरिरहेको बेलामा दीर्घ रोगी तथा नियमित रुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामीहरु तथा अन्य रोगका विरामीहरुलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ ।
१६) दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममा नै ध्यान पुर्‍याउनु जरुरी छ ।
१७) नेपाल सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रण सम्बन्धी कार्य भोली हैन आजै गर्न जरुरी छ । सबै नेपाली जनताले सजकता, धैर्यता र सम्यमता अपनाउन जरुरी छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्नका लागि ध्यानाकर्षण गराउँदछौं ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको