सनराईज बैंकद्वारा नेपाल प्रहरीलाई ६५ थान पिपिई हस्तान्तरण

 

काठमाडौं –  सनराईज बैंकले ६५ थान पिपिई (Personal Protection Equipment ) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बची जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा संक्रमण भएको खण्डमा बचाउने पुनित उद्देश्यले उक्त पिपिई हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सनराईज बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको