सनराईज बैंकद्वारा नेपाल प्रहरीलाई ६५ थान पिपिई हस्तान्तरण

 

काठमाडौं –  सनराईज बैंकले ६५ थान पिपिई (Personal Protection Equipment ) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बची जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा संक्रमण भएको खण्डमा बचाउने पुनित उद्देश्यले उक्त पिपिई हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सनराईज बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको