इटालीमा एकैदिन ९१९ जनाको ज्यान गयो, थप दुई नेपाली पनि संक्रमित

काठमाडौं – इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

जसमा ४४ जना डाक्टर पनि छन् । सैनिक परिचालन गरेर दुई सातासम्म जनतालाई घरमा राखेका कारण उत्तरी क्षेत्रमा संक्रमण केही कम भएको छ ।

यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

यस्तै अमेरिकामा एकैदिन ३१२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।

यता, यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसंगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।

यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका थिए । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तंथ्याक अनुसार २ जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको