रामेछाप – नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा प्रतिनिधि सभाका प्रत्यासी पुर्ण बहादुर तामाङ (कान्छाराम)ले जिल्लाका कुनैपनि बिरामीलाई उपचारका लागि काठमाडौ लैजानु परेमा एम्बुलेन्स खर्च बेहाेर्ने बताउनु भएकाे छ ।
कोरना भाईरसको संक्रमणबाट हुन सक्ने प्रभावलाई राेक्नका लागि केहि दिनदेखि देशभर सरकारले लकडाउन लागू गरेकाे छ । साे लकडाउनकाे समयमा रामेछाप जिल्लामा काेराेना संक्रमण भएर बिरामी परेका तथा अन्य कुनैपनि किसिमकाे बिरामी परेर उपचारका लागि काठमाडौ लैजानु पर्ने भएमा रामेछापदेखि काठमाडौंसम्मकाे लाग्ने एम्बुलेन्स खर्च तथा चालक भत्ता लामाले ब्यक्तिगत रुपमा बेहाेर्ने बताउनु भएकाे छ ।
लकडाउनका बेला एम्बुलेन्स नपाएर कुनैपनि बिरामीकाे उपचार गराउन अस्पताल सम्म लान नसक्नेहरुले लामालाई सिधै सम्पर्क गर्न सक्ने पनि उहाले बताउनु भयाे । बिपत्तिको समयमा सकेकाे सेवा सबैले सबैलाई गराै भन्दै उहाले समस्यामा परेकालाई अाफुले सकेकाे सहयाेग गर्ने बताउनु भयाे । यसैगरि मन्थली नगरपालिका वडा नम्बर १२ मा सञ्चालनमा रहेको एम्बुलेन्सबाट पनि सेवा लिनु परेमा गेलु चनखु एम्बुलेन्स सेवा समितिलद्वारा सञ्चालित एम्बुलेन्स उपलब्ध गराउने समितिका सचिव दिनेश खड्काले जानकारी लिनुभयाे ।