लकडाउनकाे बेला हुदाखानेकाे ख्याल गर सरकार !

प्रज्वल दवाडी,
अाज विश्वमानव जगत् नै काेराेना भाइरस (COVID-19)काे संङ्क्रमणले तर्सिरहेकाे कुरा यहाहरु सबैलाई सर्वविधितै छ। विश्वकै शक्तिशाली मानिएका राष्ट्रहरु समेत संक्रमणबाट अछुतो रहन सकेन ।

चनईनाकाे एक सहरबाट सुरु भएकाे उक्त भाइरसकाे संक्रमण अाज विश्वकाे अत्यन्त विकसित तथा शक्तिशाली राष्ट्रहरुमा समेत फैलिसकेकाे छ । चिन ,भारत,अमेरिका,स्पेन इटलि लगाएतका देशका नागरिकले समेत संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने संक्रमणबाट बच्नकाे लागि भगवान संग प्रार्थना गरिरहेका छन् । । यस्ताे भयावह समयमा सरकारले देशभर लकडाउन गरि सुरक्षित रहनकाे लागि अनुराेध गरेकाेमा सरकार प्रती अाभारी छु । तर लकडाउनकाे समयमा अपनाउनुपर्ने पुर्व सतर्कता कुन हदसम्म गरियाे ,जुनहदसम्म प्रयाेग हुनुपर्ने थियाे त्याे हदसम्म भएकाे देखिएन । लकडाउन लागू गर्नु पुर्व सरकारले केही पुर्व तयारी पूरा गर्नु पर्थ्याे । किनकि हाम्रो देशमा हुनेखाने र हुदाँ खानेकाे बिचमा ठुलाे बिषमता छ । हुनेखानेले लकडाउन भरि हैन सधैभरि पनि घरभित्रै बसेर खालान् तर जाे हुदाखाने छन् तिनिहरुकाे लागि याे अत्यन्त जटिल परिस्थिति हाे ती हुदा खानेकाे याे समय के गति भयाे हाेला ? नेपालमा एकातर्फ १ कराेड भन्दाबढि जनसंख्या ले दिनभरि मजदुरि गरेर बिहानबेलुका हातमुख जाेडिरहेका छन् ,भने अधिकांश युवा पुरस्ता विदेशीने समस्याले गर्दा बालबच्चा र वृद्धवृद्धाकाे संख्या धेरै भएकाे हुदा उनिहरु अवस्था के कस्ताे हाेला ? यतातिर सरकारकाे ध्यान जायाेस ।

लकडाउन लागू गर्नु भन्दा कम्तिमा १ हप्ता पहिले गरिब तथा विपन्नलाई मध्यनजर गरेर अावश्यक राहात उपलब्ध गराउनुका साथै व्यवस्थित बनाउनु पर्थ्याे । अचानक SEE परीक्षा स्थगित गरेर लकडाउन गरियाे । फेरिपनि लकडाउन थप गर्ने समाचारमा अाइरहेकाे सुनेकाे छु । लकडाउन गर्न अावस्यक छ भने गर्नुपर्छ र सबैलाई सुरक्षित राख्नुपर्छ , यसमा मेराे विमति छैन तर अबकाे केही दिनमा ज्याला मजदुरी गरेर दैनिकि चलाउने र विपन्न नागरिकमा भाेकमरि सुरु हुनेवाला छ । सरकनर यिनकने विषयमा केही साेच्नु पर्ने बेला अाएकाे छ । यदि समयमै याे तर्फ ध्यान पुर्याउन सकिएन भने भाेलिका दिनमा सन् 1992/93 सालकाे जस्तै महामन्दि,भाेकमरि र माहामारि अाइ नपर्ला भन्न सकिँदैन । यस्काे जिम्मा कस्ले लिन्छ ?

देशका जनता नै मरिसके भने विकासका नाममा राेड पिच गरेर र पार्क बनाएर मात्रै विकास हाेला त? याे कदापि हुन सक्दैन । हिजाे तिनै जनताकाे भाेट लिनकाे निम्ति बिरामि बाेकेर मतदान केन्द्रमा लान सक्ने सरकार अाज किन उद्दार गर्ने काममा पछि हट्छ ? के संसदमा सरकार सम्म कुरा पुर्‍याउने साहसि व्यक्ति गगन थापा मात्रै हुन् त ? विश्वभर फैलिएको महामारिकाे समयमा सुरक्षाकाे निम्ति लकडाउन गराएतापनि गरिब तथा मजदुर वर्ग काे हकमा भने सर्वमान्य भएकाे छैन । रातारात काठमाडौमा मजदुरी गर्ने व्यक्तिहरु अाज अचानक गाडि बन्द भएपछि देशकाे विभिन्न स्थान विरगंज,राैतहट,बारा पर्सा हिडेर जान बाध्य भएका छन् । अचानक बैंक तथा खुद्रापसल बन्द भएसगै साे ठाउमा काम गर्ने कर्मचारीले तलब लिन पाएनन् । त्यसैले सरकारसग याे अनुरोध छ की भाेलि भाेकमरिकाे चपेटामा परेर काेहि पनि मर्न नपाराेस् ।दुइतिहाइ बहुमतकाे सरकारले जनता काे लागि अहिले नगरे कहिले गर्ने ? गरिबकाे लागि नगरे कसकाे लागि गर्ने ? हिजाे तिनै जनताहरुकाे साथ लिएर अाज सम्मानित व्यक्तिहरु उच्चअाेहाेदामा पुग्नुभएकाे छ । गरिब दु:खीकाे पीडा र समस्या बुझ्ने समय यहि हाे । महाेदय दुःखकाे बेला साथदिनु नै मनव धर्म हाे !कृपया संसदमा टेबल ठाेकेर मात्रै केही हुनेवाला छैन । मानवताकाे लागि पनि जुट्नुपर्छ ।

त्यसकारण संकटकाे बखतमा सम्पूर्ण निकायबाट उचित किसिमकाे सुरक्षा व्यवस्था कार्य थालनी गरयाेस् । भाेकमरि र महामारिले काेहिपनि मान्छे मर्न नपराेस् । सरकारले हरेक स्थानीय तहमा भाेलि हुनसक्ने विपत्ति र महामारीकाे लागि पूर्व तयारी गरेर बजेट छुट्टाउन जरुरी छ । जब हामीलाई अप्ठ्यारो पर्छ तब हामी कस्लाई सम्झन्छाै त भन्दा सर्वप्रथम अाफ्नाे परिवारलाई नै सम्झन्छाै हाेईन र? अहिले विपत्तिकाे घडीमा अाफनाे देश सम्झेर फर्कनु भएकाे नागरिक लाई सिमानाका बाट सहज तरिकाले नेपाल भित्र्याउने र क्वारेन्टाइनमा राख्ने पुर्णरुपमा व्यवस्था गरियोस् । भाेलि संकटको परिस्थिति नअाउला भन्न सकिन्न त्यसकारण विपतमा साथ दिन अरु थप कदम चालियाेस् । यी यस्ता सबैकुरामा ध्यान सरकारकाे ध्यान पुगाेस भन्दै पुन : एकपटक सरकार
समक्ष जाेडदार माग गर्दछु । जय नेपाल !!

लेखक प्रज्वल दवाडी (अध्यक्ष;नेपाल तरुण दल चितवन क्षेत्र नं.१)

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको