लकडाउनमा प्रहरीलाई दैनिक १३ हजार फोन, के सोध्छन फोनमा?

कोरोना र लकडाउनसम्बन्धी जिज्ञासाले प्रहरीको हटलाइन दिनभर व्यस्त हुन थालेको छ ।

लकडाउनपछि हटलाइनमा दैनिक १३ हजार फोन आउने गरेका छन्।

नियमित अवस्थामा भन्दा लकडाउनपछि प्रहरीको हटलाइन १०० मा अत्यधिक फोन आउने गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार देशभरि १३ हजारभन्दा धेरै फोन आएका थिए।

लकडाउन कहिले खुल्छ? बेलुका निस्कन पाइन्छ कि पाइँदैन? सामान किन्न जान के गर्नेजस्ता जिज्ञासा धेरै हुने गरेका छन् । त्यस्तै, कतिपयले आफूलाई ज्वरो आएकाले कोरोनासम्बन्धी परीक्षण गर्नुपर्ने नपर्ने सोधेका थिए।

कतिपयले ग्यास तथा खाद्यान्न अभावसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् । केहीले कतै भिड भइरहेको सूचनासमेत प्रहरीलाई दिने गरेका छन्।

प्रहरीले सर्वसाधारणका हरेक जिज्ञासाको जवाफ दिई उनीहरूको समस्याको सहजीकरण गर्दै आएको प्रवक्ता उमेशराज जोशीले बताए।

लकडाउनको अवस्थामा प्रहरीले सर्वसाधारणलाई तीन अनुरोध गरेको छ । लकडाउनको अवस्थामा घरबाट बाहिर ननिस्कन भनेको छ।

लकडाउनको ६ दिनमा प्रहरीले दुई हजार आठ सय ९१ जनालाई पक्राउ गरेको छ । यो अवधिमा १० हजार ९७ सवारीसाधन नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए।

पक्राउ परेकालाई प्रहरीले केही समय थुनामा राखेर छाड्ने गरेको छ । आइतबारदेखि सडकमै केही घन्टा होल्डमा राखेर छाड्ने गरिएको छ । हिरासतमा राख्दा जोखिम हुने भएकाले यसरी केही घन्टा होल्ड गर्न थालिएको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट सिर्जित विषम परिस्थितिमा आफ्नो आधा जनशक्ति फिल्डमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा निगरानीदेखि लकडाउन कार्यान्वयनसम्मको जिम्मेवारी सशस्त्र प्रहरीमाथि छ।   यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको