रक्सौल अलपत्र परेका भारतीयलाई युवा संघद्वारा तयारी खाद्यान्न वितरण

  • राहुल गुप्ता

वीरगंज –  रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले तयारी खाद्यान्न वितरण गरेको छ । संघ पर्सा संयोजक महम्मद निजामुद्दिनको नेतृत्वमा गएको टोलीले अलपत्र परेकाहरुलाई खाद्यान्न वितरण गरेको हो ।

नेपालको विभिन्न शहरबाट वीरगंजहुँदै रक्सौलबाट गन्तव्यमा जान लागेका उनीहरुलाई रक्सौल नाकामा बसेका भारतीय प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु मितेरी पुलमै अड्कीएका हुन् । नेपाल फर्कँन पनि नदिने र आफ्नो घर जान पनि आफ्नै सरकारले रोक लगाएपछि उनीहरुलाई अहिले खान, बस्न समस्या परेको छ ।

मितेरी पुलमा भारतीय नागरिक अलपत्र परेको जानकारी आएपछि आफूहरुले तत्काल २० कार्टुन पानी, भुजा, बिस्कुट, चाउचाउ लगेर वितरण गरेको युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिनले बताए । राहत वितरण गर्न संघका केन्द्रीय सदस्य अरुण यादव, विमल पौडेल, मुकेश पाल लगायतको उपस्थिति रहेको थियो ।

दुवै देशबीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नागरिक अलपत्र पर्दा उनीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व बन्ने पनि उहाँले बताउनुभयो । नेपालका विभिन्न शहरबाट आइपुगेका एक हजारभन्दा बढी भारतीय नागरिक भारत छिर्न नपाउँदा मितेरी पुलमा अलपत्र परेर बसेका छन् ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको