२५औं वर्षमा एनएफपिजे नेपाल: को- को भए सम्मानित ? क-कसले पाए अवार्ड ?

काठमाडौं -राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ भव्यरुपमा काठमाडौंमा एक विशेष कार्यक्रम  भएको छ । संस्थाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा प्रभाकर र विषेश अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा समूहले कोरोनाको समयमा फोटोपत्रकारहरुले खिचेका फोटोहरुको संकलन गरी लकडाउनमा नेपाल नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा महासचिव नवराज श्रेष्ठले सवैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट वाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरिएको थियो । विधिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधातर्फ नविन वावु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि दिपेन्द्र मर्हजनले अवार्ड तथा प्रमाणपत्र प्राप्त गरे । भने प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल हुनु भयो भने विजेताहरुलाई अर्थमन्त्री जनार्दन शर्मा र खेलकुलमन्त्री महेश्वर जंग गहतराज अथकबाट अवार्ड तथा प्रमाणपत्र वितरण गरीएको थियो । उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा सस्थाका पूर्व अध्यक्ष मिनरत्न वज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए ।

उक्त समारोहमा हरिगोपाल फोटोपत्रकारिता पुरस्कार तथा सम्मानवाट साहासिक फोटो पुरस्कारवाट झापाका नेत्रविक्रम विमली ,खेलकुदतर्फ विनयकुमार बानीयाँ, पर्या पर्यटन तर्फ प्रदीपकुमार श्रेष्ठ,संस्कृति सम्पदा तर्फ किरण आचार्य,मनोरन्जन तर्फ अजय मर्हजनलाई वितरण गरिएको थियो भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटोपत्रकारिता तर्फ अनलाइनखबरका फोटोपत्रकार आर्यन धिमाललाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका संस्थापकहरु लगायत विभिन्न मिडियामा काम गर्नु भएका वरिष्ठ फोटोपत्रकार लगायत नेपालका फोटोकारहरुलाई पनि सम्मान अर्पण गरीएको थियो । भने राष्ट्रिय फोटोपकार आपतकालीन राहतकोषमा रकम प्रदान गर्ने विभिन्न समाजसेवीहरुलाई पनि प्रसंसा प्रत्र प्रदान गरीएको थियो ।

संस्थाको रजत जयन्तिको अवसरमा सार्क राष्ट्रका फोटोपत्रकार संघलाई निमन्त्रणा गरेता पनि यस वर्ष वंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दर लगायत १२ जना फोटोपत्रकारको उपस्थिति रहेको थियो भने , अल इन्डीया ओरकीङ न्यूज क्यामेराम्यान एसोसीयनका अध्यक्ष एन. एस. सिन्हाको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा विदेशी फोटोपत्रकारलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो भने उक्त अवसरमा वंगलादेशका फोटोपत्रकारहरुले खिचेका फोटोहरु पनि प्रर्दशनी गरिएको थियो ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको