किसानको बालि भित्र्याउनमा अवरोध नगर्न सांसद यादवको आग्रह

 राहुल गुप्ता,

वीरगन्ज – पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले किसनको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएकको अवस्थामा उनले यसमा अवरोध नगर्न भनिएको छ ।

‘देश र दुनिया अहिले बिश्वब्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा त्यसलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक पनि थियो । यस क्रममा खाद्यान्न र अन्य अत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ साँसद यादवले सोमवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन् ।

अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ बालीको कटाई गर्न, दाई गर्न, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि बाधा अवरोध नगरियोस ।

किसानले जोताइ लगायत प्रयोजनको लागि निश्अवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा बिज्ञप्तिमार्फत आग्रह गरिएको छ । साँथै किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइक कृषी कर्म गर्न साँसद यादवले आग्रह गरेका छन् ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको