किसानको बालि भित्र्याउनमा अवरोध नगर्न सांसद यादवको आग्रह

 राहुल गुप्ता,

वीरगन्ज – पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले किसनको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएकको अवस्थामा उनले यसमा अवरोध नगर्न भनिएको छ ।

‘देश र दुनिया अहिले बिश्वब्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा त्यसलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक पनि थियो । यस क्रममा खाद्यान्न र अन्य अत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ साँसद यादवले सोमवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन् ।

अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ बालीको कटाई गर्न, दाई गर्न, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि बाधा अवरोध नगरियोस ।

किसानले जोताइ लगायत प्रयोजनको लागि निश्अवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा बिज्ञप्तिमार्फत आग्रह गरिएको छ । साँथै किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइक कृषी कर्म गर्न साँसद यादवले आग्रह गरेका छन् ।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको