विदेशबाट नेपाल आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको सो मन्त्रालयले जनाएको छ ।

‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार १४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ’’, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले भने, ‘‘विदेशबाट आएकाको ट्रेसिङलाई तीव्र बनाएका छौँ, अद्यावधिक गरिएका जो कोहीलाई पनि लक्षण देखिएमा परीक्षण गर्न सकिन्छ । ’’ उनले काठमाडौँ उपत्यकामा चार र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिएका छन् । हालसम्म प्रदेशमा दुई सय जनाको नमुना सङ्कलन भएको जानकारी दिँदै उनले परीक्षणको दायरा बढाइएको र हालसम्म ९९३ जनाको नमुना परीक्षण भएको बताएका छन् । उनका अनुसार थप ७६ जनाको नमुना सङ्कलन भएको छ ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमुना परीक्षण सुरु गरिएको तीन दिनमा १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा एक हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ । प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गरेका छन् । ९गोरखापत्रबाट०

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको