विदेशबाट नेपाल आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको सो मन्त्रालयले जनाएको छ ।

‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार १४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ’’, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले भने, ‘‘विदेशबाट आएकाको ट्रेसिङलाई तीव्र बनाएका छौँ, अद्यावधिक गरिएका जो कोहीलाई पनि लक्षण देखिएमा परीक्षण गर्न सकिन्छ । ’’ उनले काठमाडौँ उपत्यकामा चार र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिएका छन् । हालसम्म प्रदेशमा दुई सय जनाको नमुना सङ्कलन भएको जानकारी दिँदै उनले परीक्षणको दायरा बढाइएको र हालसम्म ९९३ जनाको नमुना परीक्षण भएको बताएका छन् । उनका अनुसार थप ७६ जनाको नमुना सङ्कलन भएको छ ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमुना परीक्षण सुरु गरिएको तीन दिनमा १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा एक हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ । प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गरेका छन् । ९गोरखापत्रबाट०

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको