अमेरिकी पत्रकार मारिया मेर्कादेरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी वरिष्ठ पत्रकार मेर्कादेरको आइतबार निधन भएको हो ।
५४ वर्षकी उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी ३० वर्ष भन्दा बढी समयदेखि सिबिएसमा रिपोर्टर तथा ट्यालेन्ट डिरेक्कटरको रुपमा कार्यरत थिइन् । उनी ब्रेकिङ्ग न्यू रिपोर्टरका रुपमा कार्यरत थिइन ट्यालेन्ट डिरेक्टर बन्नु पूर्वसम्म ।
उनले समाचार कक्षमा कार्यरत पत्रकारहरु सबै क्षेत्रबाट समेटिउन् भन्नका लागि एसियन अमेरिकन पत्रकार एसोसिएसन, नेशनल लेस्बियन एण्ड गे जर्नलिस्ट एसोसिएसन र नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टसँग मिलेर काम गर्दै आएकी थिइन् ।
पछिल्लो दुई दशकदेखि उनले विभिन्न स्वास्थ्य समस्या झेलिरहेकी थिइन् । उनलाई क्यान्सर समेत भएको थियो । उनी सन् १९८७ देखि सिबिएस न्यूजमा कार्यरत थिइन् ।
उनले बेलायती राजकुमारी डायनाको निधन तथा अमेरिकामा भएको ९–११ आक्रमणबारे रिपोर्टिङ्ग गरेकी थिइन्।
