- ज्ञानु श्रेष्ठ
रामेछाप – रामेछापको खांडादेवि १ राकाथुममा बाेलेराे दुर्घटना भएको छ। आज विहान भएको दुर्घटनामा ३० जना घाईते भएका छन् । घाईते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
पौडेलका अनुसार काठमाण्डौंबाट रामेछापको टोकरपुर जादै गरेकोे बा १४ च ९४९८ नम्बरको बलेरो खांडादेवि गाउंपालिका १ माझीगाउं स्थित सडकबाट करिव १ सय ५० मिटर खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा परेका २७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको छ । दुर्घटनाबाट सामान्य घाईते चालक सहित ३ जना छन । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
