काठमाडौं – रामेछापमा बोलेरो भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षकी संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।
‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको छ ।
बा १४ च ९४९८ नम्बरको बलेरो खांडादेवि गाउंपालिका १ माझीगाउं स्थित सडकबाट करिव १ सय ५० मिटर खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।
