नयाँ दिल्ली – संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसले भारतमा पनि आफ्नो फैलावटलाई तिव्रता दिइरहेको छ । मंगलबार भारतमा कोरोना संक्रमणको ३१५ नयाँ केसहरु देखिएका छन् ।
एकदिनमै ३०० भन्दा बढीमा कोरोना देखिएको भारतमा पहिलोपटक हो । सोमबारको तुलनामा कोरोना संक्रमितको संख्या लगभग डबल भएको छ । पछिल्लो तथ्यांकका अनुसार भारतमा कोरोना पीडितको संख्या अब १६१८ पुगेको छ भने अहिलेसम्म ५२ जनाको ज्यान गइसकेको छ ।
भारतको पछिल्लो दिनको तथ्यांक विश्लेषण गर्दा कोरोना वृद्धिको दर ४० प्रतिशत रहेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ३०२ जनामा संक्रमण भेटिएको छ भने दोस्रो स्थानमा २४१ संक्रमण सहित केरला रहेको छ । तमिलनाडुमा १२४ जना र दिल्लीमा १२० जनामा कोरोना संक्रमण देखिएको छ ।
