मानवीय सेवामा मेट्रो प्रहरी

काठमाडौंँ – सर, अलिकति राहत चाहियो, भोकभोकै मर्नुपर्ने अवस्था आउँला जस्तो भो हजुर –महानगरीय प्रहरीको १०० मा फोन आयो । प्रहरीले सोध्यो– कति जना हुनुहुन्छ ? २० जना छौंँ, उताबाट जवाफ आयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले यो खबर सुनेपछि २० बोरा चामल, दाल, नुन र मसला गाडीमा राख्न लगाएका थिए । उक्त राहत सामग्री लिएर नेपाल मानव सेवा आश्रम गोङ्गबु पुगेर वितरण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न सरकारले ‘लकडाउन’ सञ्चालन गरेसँंगै विभिन्न बालगृह, वृद्धा आश्रम, मानव सेवा आश्रम, मजदुर, श्रमिक तथा भरिया र विद्यार्थीमा राहतको अभाव देखिएको छ ।

यस्ता व्यक्ति तथा सामाजिक सङ्घसंस्थामा आश्रितलाई महानगरीय प्रहरी कार्यालयले राहत स्वरूप खाद्य सामग्री वितरण सुरु गरेको छ । न्यूनतम १० दिनसम्म पुग्नेगरी खाद्यान्न राहत सामग्री वितरण गरिएको महानगरीय प्रहरीले जनाएको छ । महानगरीय प्रहरीको रानीपोखरीस्थित कन्ट्रोल कक्षको १०० मा फोन आउने बित्तिकै नजिकको प्रहरी कार्यालयसँग समन्वय गरी राहत वितरण गर्ने कार्य भइरहेको प्रहरी प्रमुख पोखरेलले बताएका छन् ।

मङ्गलबार मात्र नवजीवन आदर्श ग्राम फुटुङ, नेपाल मानव सेवा गोङ्गबु र पवित्रा सेवा समाज टोखा चण्डेश्वरी तथा कर्णाली घर भएका पाँच विद्यार्थी गरी ८५ जनालाई चामल, दाल, नुन र मसला वितरण गरिएको छ । गत आइतबार र सोमबारमा मात्र मानव कल्याण समाज भक्तपुर, मानव सेवा आश्रम सामाखुसी, सल्लाघारी सडकमा भेटिएका १२ मजदुर, ठिमीमा रहेका १५ श्रमिक, कोटेश्वर र ललितपुरको पाटन लगायतका क्षेत्रमा राहत वितरण गरिएको छ । (गोरखापत्रबाट)

सिफारिस

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

धेरै पढिएको