काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गरेका छन् ।
सभापति देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै ‘लक डाउन’ ले व्यवसायर्मा परेको प्रत्यक्ष असरका कारण विज्ञापनको क्षेत्रलाई सोझै आघात पु-याएको बताउदै त्यसको असर सोझै सञ्चार गृहहरुमा परेकाले राज्यको चौथो अंगलाई सम्बोधन हुने गरी अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गरेका हुन् ।
सभापति देउवाले समाचार संकलनमा कार्यरत श्रमजीवी पत्रकारको हकमा सरकारले अलग्गै सुरक्षा र राहत सहितको योजनाको निर्माण गर्न पनि आग्रह गरे । त्यसैगरी सञ्चारगृहहरुलाई समाचार संकलनका लागि निर्वाद आवतजावतको व्यवस्था गर्न उनले सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।
