‘एसियन प्रोफेसनल अवार्ड’ २०२३ कम्बोडियामा हुने घोषणा

काठमाडौँ – सिजन मिडियाले आफ्नो १४औँ स्थापना दिवसको अवसर पारेर गत सेप्टेम्वर २९ मा दुबइमा वितरण भएको ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२२’ मा छुटेका वरिष्ठ व्यक्ति तथा समाजसेवीहरुलाई शुक्रबार काठमाडौँमा एक समारोहमा बीच अवार्ड वितरण गरेको छ ।

विभिन्न कारणले दुबइको उक्त कार्यक्रममा उपस्थित हुन नसकेका व्यक्तिहरुका लागि काठमाडौँमा एक समारोहमा बीच पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईको हातबाट उक्त अवार्ड वितरण गरिएको हो ।

सामाजिक, साँस्कृतिक, शैक्षिक, खेलकुद र व्यावसायिक क्षेत्रमा दशकौँदेखि काम गरेर स्थापित भएका व्यक्तिको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्यले नेपाललगायत विभिन्न यसियन देशका प्रतिनिधिहरुलाई सहभागी गराई अवार्ड वितरण गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । उहाँले अबको कार्यक्रम कम्बोडियामा गर्ने घोषणा पनि गर्नुभयो ।

यसअघि सन् २०१९ मा दुबइमा भएको उक्त कार्यक्रम कोरोनाका कारण २०२१ मा काठमाडौँमै गरिएको थियो ।
स्वदेश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा आबद्ध तथा व्यवसायी क्षेत्रमा कम्तिमा पनि १० देखि १५ वर्षभन्दा माथी निरन्तर काम गरी सफलता प्राप्त गरेका व्यक्तिहरुलाई उहाँहरुको व्यावसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न चारवर्ष अघिदेखि विधागत अवार्ड वितरण थालिएको थियो ।

२०१९मा दुबईबाट सुरुवात गरिएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । यो तेस्रो कार्यक्रम एसियन मुलुकका अन्तर्राष्ट्रियस्तरका व्यवसायिक व्यक्तिलाई सहभागी गराइ दुबइ र नेपालमा आयोजना गरिएको हो ।

यसपटक बङ्गलादेशका बरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड समर्पण गरिएको थियो । यस्तै नेपाललगयात अन्य देशका प्रतिनिधिहरुलाई दुवाइमा नै विभिन्न विधाका अवार्ड प्रदान गरिएको थियो ।


कारणवस दुवइमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन नसकेका नेपालका सफल उद्योगीहरु, बैंकर, शिक्षासेवी, वरिष्ठ पत्रकार युवा व्यवसायीहरु, समाजसेवी खेलजगतका व्यक्ति र आफ्नो छुट्टै छवि बनाउन सफल मुर्धन्य व्यक्तित्वलाई शुक्रबार पूर्व प्रधानमन्त्री डा भट्टराईको हातबाट सम्मान गरिएको हो ।

उक्त समरोहमा डा भट्टराईले समाजमा राजनीतिलाई मात्रै मुल नीति सोच्ने गरिएको उल्लेख गर्दै साहित्य, कला, उद्यमशिलताको पनि समाजमा उत्तिकै महत्व र भूमिका रहेको बताउनुभयो । उहाँले आजिवन सत्तामा रहने अबस्थाको अन्त्यका लागि आफू चुनावी राजनीतिबाट अलग भएको जानकारी गराउनुभयो ।

उहाँले आफुले सामाजिक गतिविधिमा उद्दत हुनका लागि उत्कृट चाहना रहेको बताउँदै राज्यले पहिचान नगरेको कामहरुको समाजमा ठुलो गोगदान गरहेको र यस्ता अवार्डले उनीहरुलाई हौसला पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई समृद्ध बनाउनु छ भने, त्यस्ता विविध क्षमता भएका प्रतिभाहरुले नै बनाउन सक्छन् ।”

समारोहमा वरिष्ठ पत्रकार खिलबहादुर भण्डारीले समाजमा प्रेरणा दिने मान्छेलार्इ खोजीखोजी अवार्ड प्रदान गरेर उत्कृष्ट काम गर्दै आएको सिजन मिडिया र त्यसका सञ्चालकलाई पनी यसरीगरी समाजले अवार्ड दिन जरुरी रहेको औँल्याउनुभयो । समारोहमा नेपाल भारतमैत्री अस्पतालका कार्यकारी निर्देशक धर्मराज गोसाईँ, नेप्लिज फेसन होमकी सन्चालिका हेमा मानन्धर, पञ्चकन्य ग्रुपका म्याजेजिङ डाइरेक्टर प्रदीपकुमार श्रेष्ठ, समाजसेवी देवेन्द्र प्रधानले मन्तव्य राख्नु भएको थियो ।

शुक्रबार अवार्ड पाउनेहरु दुबईको समारोहमा पुग्न नसकेकाहरुका लागि शुक्रबार काठमाडौँमा विशेष समारोहका बीच अवार्ड वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालका सफल उद्यमी प्रदिपकुमार श्रेष्ठलाई आइकोनिक इन्डस्ट्रियल अफ नेपाल अवार्ड प्रदान गरिएको छ । त्यसैगरी सिइओ अफ दि इयरबाट मुक्तिनाथ विकास बंैकका सिइओ प्रद्युमन पोखरेललाई प्रदान गरिएको छ ।
स्कुल प्रिन्सिपल अफ दि इयरबाट अक्षरा स्कूलका प्रिन्सिपल अन्जु भट्टराईलाई प्रदान गरियो भने भेट्रान स्पोर्ट पर्सनालिटी अवार्डबाट असोककुमार श्रेष्ठलाई सम्मान गरियो ।

स्पोर्ट लिडरसीप अवार्डतर्फ मनिस जोसी, यूथ फेशन इन्टरप्रेनियर अवार्डका लागि कृष्णराज तिमिल्सिना, डिजिटल मार्केटिङ एक्सपबाट बमवहादुर ढुङ्गेल, व्यूटी एजुकेटर अवार्डबाट मिनु थापा, उत्कृष्ट साँस्कृतिक कार्यक्रम सञ्चालका रुपमा नेप्लिज फेसन होमकी सन्चालिका हेमा मानन्धरलाई सम्मान गरिएको छ ।

यस्तै भर्सटाइल सिङ्गर अफ द इयरबाट पोखराका वरिष्ठ संगितकर्मी विनोद वानीयालाई प्रदान गरीएको थियो भने भर्सटाइल जर्नालिष्ट अफ द इयरबाट पत्रकार गिरिजा अधिकारी, ह्यूमन रिर्सोस एकसिलेन्स अवार्डवाट रिलाइनस स्प्रीङ इटहरीका मानव संसाधन प्रमुख महेश कुमार पोखरेललाई सम्मान गरिएको थियो ।

यसअघि अवार्ड पाउनेहरु दुबइमा भएको समारोहमा बंंगलदेशका असिस्टेन्ट प्रोफेसर सल्मा अहमदलाई कम्यूनिकेटिभ एजुकेटर अवार्ड, व्यवसायी तथा कार रेसर अफ्रिन रफी मोहमदलाई प्रमोसिङ इन्टरप्रेनियर अवार्ड, पाकिस्तानका वरिष्ठ फोटो पत्रकार महम्मद जांगिर खानलाई वेष्ट फोटोजर्नलिजम अवार्ड, इजरायली वरिष्ठ डिजिटल आर्टिष्ट वोज जोपरलाई क्रियटिभ डिजिटल आर्टिष्ट अवार्ड, फिलिपिन्सका फोटोग्राफर इस्टानो प्यानललाई विइडिङ फोटोग्राफ अफ दि इएर, ट्राभलर तथा समाजसेवी मलिर्न नाडिरालाई ह्यूमेनेटिरियन अवार्ड र डा क्रिस्टिना रोसालाई मष्ट इन्स्पायरिङ मेडिकल प्रोफेसनल क्याटोगोरिम अवार्ड प्रदान गरिएको थियो ।

जसअन्तरगत नेपालीहरु पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाउनुभएको थियो भने पवन अधिकारीले मिडिया इन्टरप्रेनियर अवार्ड पाउनुभएको थियो । यस्तै नारायण पौडेललाई हस्पिटालिटी अवार्ड, जीवन घिमिरेलाई वेस्ट सिभिल इन्जिनियरिङ, प्रकाश लकान्द्रीलाई बेस्ट एजुकेसन, देवराज डङगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्रीलाई भर्शटायल स्पोर्ट प्रसनलिटी अवार्ड पाउनुभएको छ ।

यस्तै, रोजिन शाक्यले आइकोनिक फेसन कोरियोग्राफर, नेपाल भारतमैत्री अस्पतालका सिइओ धर्मराज गोसाइलार्य हस्पिटल एण्ड हेल्थ केयर म्यानेजमेन्ट अवार्ड, विकास खतिवडालाई कमर्सियल फोटोग्राफर अवार्ड दिइएको थियो ।
उक्त कार्यक्रममा काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसीलाई फ्रोफेशनल फोटोग्राफी आवार्ड, रमेश शाहीलाई एड्भरटाइजिङ एण्ड मिडिया मार्केटिङ अवार्ड, होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कँुवरलाई रिक्रियसन इन्टरप्रेनियर अवार्ड, डेभिल राजपुलताई वेष्ट डिजिटल भोटिङ अवार्ड, अटोमोवाइल व्यवसायी निर्मल सिक्देललाई प्रोमिनेन्ट इन्टरप्रनियर अवार्ड, समाजसेवी उर्मीला गौचन सेरचनलाई महिला सामाजिक अभियन्ता अवार्ड, वरिष्ठ पत्रकार तेज प्रकाश डुम्रेलाई डाइनामिक पत्रकारिता अवार्ड, लमजुङ हस्पिटलकी म्यानेजमेन्ट डाइरेक्टर तथा वरिष्ठ नर्स कल्पना पौडेल घिमिरेलाई हेल्थ केयर प्रोफेशनल अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी दुबइमा विगत लामे समयदेखि फोटोग्राफी गरिरहेका फोटोग्राफर कमल श्रेष्ठलाई प्रोडक्ट फोटोग्राफी आवार्ड, सनराइज बैंकका व्राण्ड म्यानेजर सुमन थापालाई बैकिङ व्राण्ड म्यानेजर अफ दि इएर, थाङ्का व्यवसायी राजेन्द्रकुमार मोक्तानलाई थाङ्का इन्टरप्रेनियर अवार्ड, टुरिष्ट गाइड एसोसियनका अध्यक्ष वद्री नेपाललाई टुरिष्ट गाइड अफ दि इएर र अन्तर्राष्ट्रिय युथ लिडरसिप अवार्डवाट प्रकासबाबु थापालाई सम्मान गरिएको थियो ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको