काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ । ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ