एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टे विवादमा आइरहन्छन् । उनी यसपटक फेरि अभिव्यक्तिका कारण विवादमा आएका छन् ।
फिलिपिन्समा कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएको छ । सुकुम्वासी बस्तीका मानिसहरुले खान नपाएको भन्दै लकडाउन उल्लंघन गरी सडकमा आएपछि डुटेरटेले कडा आदेश दिएका छन् । उनले सेना र प्रहरीलाई भनेका छन्, ‘समस्या खडा गर्ने जोसुकैलाई गोली हानेर मारिदेऊ !’
बुधबार देशवासीका नाममा सम्बोधन गर्दै डुटर्टेले सबैलाई लकडाउन मान्न भने । उनले यो सबैका लागि कडा चेतावनी हो भन्दै चिकित्सक र स्वास्थ्यकर्मीलाई असर नपुर्याउन भने ।
फिलिपिन्समा एक महिना लामो लकडाउनमा मानिसहरु खाद्यान्न अभावले समस्यामा पर्न थालेका छन् । तर, कडा शासकको परिचय बनाएका डुटेरटेले लकडाउन उल्लंघन गर्ने जोकसैलाई गोली हानेर मारिदिने आदेश दिएपछि त्यहाँ अर्को त्रास फैलिएको छ ।
