महामुर्ख सम्मेलनमा ’भोर’ पोस्टर सार्वजनिक

काठमाडौं – रंगिन पर्व फागु पुर्णिमा ’होली’ को अबसर पारेर फिल्म ’भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोस्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गर्यो । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

यसअघि सय बर्ष पहिलेको सति प्रथाको विषयमा फिल्म ’झोला’ निर्माण गरेर प्रशंसा भेटेको टिमले नै ’भोर’लाई दर्शकमाझ ल्याउन लागेको हो । सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ । सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ । जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक यादवकुमार भट्टराईले फिल्मको पोस्टर सार्वजनिक गरे, रिलिज मिति घोषणा गरे ।

पोस्टरमा माथी उल्लेखित दृश्यहरु समावेश हुँदा फिल्मको मुख्य विषयसँग जोडिएको नारीको बिहे र त्यससँग जोडिने दाईजोको पक्ष नै फिल्मको मुख्य विषयवस्तु रहेको थप प्रष्टिन्छ । निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।

दक्षिण एसिया भरी नै २१ औं शताब्दीसम्म आउँदासम्म व्याप्त दाइजो प्रथा हिंसा र मानविय अपराध दुबै रहेको भन्दै यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको थालनीको रुपमा ’भोर’ लिएर आउन लागेको बताए । देवता समान श्रीमती र बुहारीलाई घरमा भित्र्याउँदै गर्दा उक्त परिवारका सदस्यले आफ्नो छोरी पनि अर्काको घरमा जाँदा के भोग्छ भन्ने हेक्का नराखी दाइजोको नाममा गर्ने दमन र चरम हिंसा समग्र देशकै समस्या भन्दै त्यसैको पेरीफेरी वरीपरी ’भोर’ घुमेको भट्टराईको तर्क छ ।

कृष्ण धाराबासीको लेखनमा तयार भएको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु लिड अभिनयमा छन् । फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । फिल्ममा किसन अर्यालको मुख्य सहायक निर्देशन छ । दिपक बज्राचार्यले छायाँकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । निर्माता तिमल्सिनाले एक बर्ष लामो मेहनतका बीच फिल्म तयार भएको भन्दै दर्शकमा परेको ’झोला’ फिल्मको इमोशनलाई नै ’भोर’ले निरन्तर दिने दाबी गरे ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको