महामुर्ख सम्मेलनमा ’भोर’ पोस्टर सार्वजनिक

काठमाडौं – रंगिन पर्व फागु पुर्णिमा ’होली’ को अबसर पारेर फिल्म ’भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोस्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गर्यो । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

यसअघि सय बर्ष पहिलेको सति प्रथाको विषयमा फिल्म ’झोला’ निर्माण गरेर प्रशंसा भेटेको टिमले नै ’भोर’लाई दर्शकमाझ ल्याउन लागेको हो । सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ । सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ । जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक यादवकुमार भट्टराईले फिल्मको पोस्टर सार्वजनिक गरे, रिलिज मिति घोषणा गरे ।

पोस्टरमा माथी उल्लेखित दृश्यहरु समावेश हुँदा फिल्मको मुख्य विषयसँग जोडिएको नारीको बिहे र त्यससँग जोडिने दाईजोको पक्ष नै फिल्मको मुख्य विषयवस्तु रहेको थप प्रष्टिन्छ । निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।

दक्षिण एसिया भरी नै २१ औं शताब्दीसम्म आउँदासम्म व्याप्त दाइजो प्रथा हिंसा र मानविय अपराध दुबै रहेको भन्दै यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको थालनीको रुपमा ’भोर’ लिएर आउन लागेको बताए । देवता समान श्रीमती र बुहारीलाई घरमा भित्र्याउँदै गर्दा उक्त परिवारका सदस्यले आफ्नो छोरी पनि अर्काको घरमा जाँदा के भोग्छ भन्ने हेक्का नराखी दाइजोको नाममा गर्ने दमन र चरम हिंसा समग्र देशकै समस्या भन्दै त्यसैको पेरीफेरी वरीपरी ’भोर’ घुमेको भट्टराईको तर्क छ ।

कृष्ण धाराबासीको लेखनमा तयार भएको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु लिड अभिनयमा छन् । फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । फिल्ममा किसन अर्यालको मुख्य सहायक निर्देशन छ । दिपक बज्राचार्यले छायाँकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । निर्माता तिमल्सिनाले एक बर्ष लामो मेहनतका बीच फिल्म तयार भएको भन्दै दर्शकमा परेको ’झोला’ फिल्मको इमोशनलाई नै ’भोर’ले निरन्तर दिने दाबी गरे ।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको