उपत्यकाका मजदुरले पाउने भए राहत, के – के छ राहत प्याकेजमा ?

काठमाडौँ – उपत्यकाका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई लकडाउन अवधी भरि वितरण गरिने राहतको मापदण्डमा एक रुपता हुने भएको छ । उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरुपता कायम गर्ने विषयमा विहिबार उपत्यका नगरपालिका फोरमले छलफल गरी यस्तो निर्णय गरेको हो ।

‘आजसम्म जे–जसरी राहत वितरण गरेको भए पनि अब भने अर्थ मन्त्रालयले चैत १९ गते जारी असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहय वर्गलाई उपलब्ध गराइने राहत सम्बन्धि गरेको मापदण्ड अनुसार नै राहत वितरण गर्ने भन्ने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका संयोजक बिद्यासुन्दर शाक्यले भने ‘मन्त्रालयले जारी गरेको मापदण्ड भन्दा फरक–फरक ढंगले राहत वितरण गर्दा एक रुपता नहोला भनेर राहतमा एक रुपता ल्याउन हामीले यस्तो निर्णय गरेका हौँ ।’ उनले उपत्यकाका सबै नगरपालिकालाई विहिबारबाटै त्यो सर्कुलर जारी गरिएको पनि जानकारी दिए।

उपत्यकाका दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको उपत्यका नगरपालिकाका फोरमले यही विषयमा बुधबार गृह, संघीय मामिला, आपूर्तिमन्त्री लगायतसँग पनि छलफल गरेको थियो । प्रमुख शाक्यले गृह, संघीय मामिला, आपूर्तिमन्त्री लगायतसँग भएको छलफल पनि यही विषयमा केन्द्रित रहेको जानकारी दिए । ‘अब उपत्यकामा रहेका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्ताले लकडाउन भरि एउटै मापदण्ड अनुसार राहत पाउने छन्,’ उनले भने ‘हामीले त्यस्ता वर्गका उपभोक्ताको लागत संकलन सुरु गरिसकेका छौँ । अब उहाँहरुले पाउने नुन, चामल, चिनी, दाल जस्ता खाद्यान्नको मात्रा एकै किसिमको हुनेछ ।’

अब नयाँ मापदण्ड अनुसार तीन जनासम्म भएको परिवारले १५ केजी चामल र १.५ केजी दाल पाउनेछन् भने तीन जना भन्दा बढी परिवार भएकाले ३० केजी चामल र तीन केजी दाल पाउनेछन् । त्यसैगरी तीन जनासम्म भएको परिवारले १ प्याकेट नुन र एक लिटर तेल पाउनेछन् भने तीन जना भन्दा बढी भएको परिवारले २ प्याकेट नुन र २ लिटर तेल पाउनेछन् । त्यसैगरी तीन जनासम्म परिवार भएकाले १ केजी र तीन भन्दा बढी भएकाले २ केजी चिनी पाउने छन् । ती परिवारलाई राहतमा साबुन पनि राखिएको छ ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको