कविता : कमाउनिष्ट समय

  • रेणुका जिसी खतिवडा

जमाना बद्लिएको छ

जमानासँगै बद्लिएका छ्न

गीतहरु ,लयहरु

कि तपाईंले बदल्नुस आफुलाई

नत्र बदलिदिनेछ समयले तपाईँलाई

हैट ! तपाईले के कुरा गर्नुभएको ?

तपाईका फोस्रा आदर्श

चुनावका लागि बाँकी राख्नुस

दिनभरी ती मूर्ख मनुख्खेहरुलाई

बाँड्न काम लाग्नेछ

रातपरेपछिको व्यापार त थाहा छदैँछ ।

महोदय ! कति भनुँ ?

यो छेपाराहरुको समय हो

रंग फेर्नुस

पुरानै रंगमा रंगिने समय आउनेछ

तबसम्म यो घडीको उपयोग गर्नुहोस् ।

यो कमाउनिष्ट समय हो

कमाउन पछि नपराैँ ।

साम ,दाम ,दण्ड भेद जानेकै छौँ

अँ कसको कुरा गर्नुभएको ?

कराउनेहरुलाई कराउन दिनुस् न

काग कराएर पिनालाई के भो र !

यति बुझ्नुस तपाईंको नैतिकताले

अहिले कमाउनुस भन्छ,

यति सम्झनुस कमाउनु भएन भने

कसरी जोगाड गर्नुहुन्छ

दारु र भारुको ?

कहाँबाट पुर्याउनु हुन्छ दानापानी ?

भोको गोरुले जोत्दैन

गोरुले नजोती मेलो पार लाग्दैन

तपाईंलाई फेरी जित्नु छ नि ?

हो त्यसैले भन्दै छु ।

फोकटको राजनीति कसले गर्छ महोदय ?

घाटा हुने व्यापार कसले गर्छ ?

यो त लगानी उठाउने समय हो ।

भावनामा बहकिएर थोडी व्यापार हुन्छ !

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको