कविता : कमाउनिष्ट समय

  • रेणुका जिसी खतिवडा

जमाना बद्लिएको छ

जमानासँगै बद्लिएका छ्न

गीतहरु ,लयहरु

कि तपाईंले बदल्नुस आफुलाई

नत्र बदलिदिनेछ समयले तपाईँलाई

हैट ! तपाईले के कुरा गर्नुभएको ?

तपाईका फोस्रा आदर्श

चुनावका लागि बाँकी राख्नुस

दिनभरी ती मूर्ख मनुख्खेहरुलाई

बाँड्न काम लाग्नेछ

रातपरेपछिको व्यापार त थाहा छदैँछ ।

महोदय ! कति भनुँ ?

यो छेपाराहरुको समय हो

रंग फेर्नुस

पुरानै रंगमा रंगिने समय आउनेछ

तबसम्म यो घडीको उपयोग गर्नुहोस् ।

यो कमाउनिष्ट समय हो

कमाउन पछि नपराैँ ।

साम ,दाम ,दण्ड भेद जानेकै छौँ

अँ कसको कुरा गर्नुभएको ?

कराउनेहरुलाई कराउन दिनुस् न

काग कराएर पिनालाई के भो र !

यति बुझ्नुस तपाईंको नैतिकताले

अहिले कमाउनुस भन्छ,

यति सम्झनुस कमाउनु भएन भने

कसरी जोगाड गर्नुहुन्छ

दारु र भारुको ?

कहाँबाट पुर्याउनु हुन्छ दानापानी ?

भोको गोरुले जोत्दैन

गोरुले नजोती मेलो पार लाग्दैन

तपाईंलाई फेरी जित्नु छ नि ?

हो त्यसैले भन्दै छु ।

फोकटको राजनीति कसले गर्छ महोदय ?

घाटा हुने व्यापार कसले गर्छ ?

यो त लगानी उठाउने समय हो ।

भावनामा बहकिएर थोडी व्यापार हुन्छ !

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको