काेराेना कहर : सहर भन्दा गाउँ जोखिममा

काठमाडौं – विश्वभर महामारीकाे रुपमा फैलिएको काेराेना भाइरस (COVID-19) संङ्क्रमण नेपालमा पनि देखा परेकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ६ पुगेकाे छ । एक जना उपचारपछि घर फर्किएका छन् भने ५ काे उपचार भैरहेकाे छ । संक्रमितकाे संख्या कम भएकाे र बिरामीको अवस्था सामान्य भएता पनि काेराेना संक्रमणकाे भने नेपाल उच्च जाेखिममा रहेकाे जानकारहरुकाे भनाइ छ ।

काेराेना संक्रमणलाई नियन्त्रणमा लिन र हुनसक्ने जाेखिमबाट जाेगाउनकाे लागि यतिबेला नेपाल सरकारले देशभर लक डाउन लागू गरेकाे छ । यसरी लक डाउन गरेपछि एक ठाँउकाे मानिस अर्काे ठाउमा जान नपाउने र संक्रमण फैलिन नपाउने भएकाे हुँदा काेराेनाकाे संक्रमणकाे संभावना नहुने हुँदा संक्रमण नियन्त्रण गर्न सजिलाे हुन्छ । यसरी नयाँ संक्रमणलाई शुन्य गराउन सकेमा संक्रमित भएकाकाे उपचारपछि संक्रमण नियन्त्रण ल्याउन सजिलाे हुन्छ भन्ने हेतुका साथ सरकारले लकडाउन गरेको हाे । लकडाउनकाे समयमा आउन सक्ने समस्याकाे समाधानका लागि सरकारले पुर्व तयारी गर्नु पर्थ्याे तर त्यस तर्फ सरकारकाे ध्यान नपुगेका कारण लकडाउन लागू भएकाे सुरुवातदेखि नै विभिन्न किसिमकाे समस्या देखा परेकाे छ ।

सरकारले लकडाउनका बेला पुर्व तयारी गर्न नसकेका कारण सबैभन्दा बढी डेरा लिएर सहरमा ज्याला मज्दुरी गरेर दैनिकी गुजार्नेहरुलाई खाद्यान्नकाे अभाव देखिएको छ भने उता दीर्घ राेगिहरुलाई नियमित परिक्षण र औषधी सेवनमा समस्या देखा परेकाे छ , अन्य खालका बिरामीले उपचार गर्न पाएका छैनन् , काहिँ  खाद्यान्न अभाव, काहिँ औषधी उपचारबाट बञ्चित त कहि सिमानामा अलपत्र परेका छन् । यसरी समस्य नै समस्याका बीच लकडाउन लागू भएकै छ । संक्रमणकाे महामारीबाट बच्न लकडाउन हुनु जायज कुरा हाे तर यतिबेला लकडाउन पनि फितलाे देखिएकाे छ । जाे जहाँ छ त्यही बस्न र घर बाहिर नजानकाे लागि सरकारले आह्वान गरे पनि त्यसलाई उलङ्गघन गर्दै  हिडेको देख्न सक्छौ । सचेतनाकाे अभाव भनाै या नागरिककाे चलाखीपन या त प्रहरी प्रशासनकाे कमजाेरी । लकडाउन सुरु भएपछि घर छाडेर विभिन्न सिलसिलामा घरबाहिर भएकाहरु विदेश देखि स्वदेशका विभिन्न स्थानमा रहेकाहरु रातारात घर फर्की रहेका छन् । यसरी आफु बसेकाे ठाउँ छाडेर गाउँ फर्केर आउनेकाे संख्या लकडाउन पछि ह्यात्तै बढेकाे पाईन्छ ।

कतिपय गाउँमा काेराेना संक्रमण फैलिएकाे मुलुकबाट नेपाल फर्किनेहरु सहित विना चेकजाँच गाउँ पुगेका छन् । कतिपय सहर बसेकाहरु डेरामा खाद्यान्नकाे अभाव भएपछि रातारात गाडी रिजर्भ गरेर गाउँ फर्केका छन् । यसरी आफ्नाे घर आउनु नराम्रो हाेईन र नराम्रो गरे भन्न खाेजेकाे पनि हाेईन तर यतिबेला घर फर्कने क्रममा एउटै घरका परिवार पनि भिन्न – भिन्न स्थानबाट आएकाे हुँदा शहर भन्दा गाउँमा खतरा बढेकाे महशुल गर्न सकिन्छ  ।

हाे यसरी गाउँमा विभिन्न स्थानबाट आएका मान्छे एकै ठाउमा बस्ने भएकाले गाउँमा जाेखिम बढेकाे हाे । सरकार !लकडाउनले मात्र काेराेना संक्रमण राेक्न सक्दैन त्यसका लागि खाद्यान्न अभावका कारण भाेकै पेट कसेर बस्नेलाइ खाद्यान्न उपलब्ध गराउनु पर्छ । गाउँ – गाउमा सचेतना पुर्‍याउन सक्नुपर्छ । घर फर्कन चाहनेलाई स्वास्थ्य परिक्षण गरेर मात्र जाने व्यवस्था मिलाउनु पर्छ । दीर्घ राेगीकाे नियमित परिक्षण र औषधिकाे व्यवस्था मिलाउनु पर्छ, सबै अस्पताल खुल्ने व्यवस्था मिलाइयाेस् र भैपरी आउन सक्ने अन्य किसिमकाे बिरामीलाई उपचारकाे लागि व्यवस्था गरियाेस् । यसरी सबै किसिमकाे व्यवस्थापन हुन सकेमा काेराेना संक्रमणबाट बच्न सकिन्छ र लकडाउनकाे बेलामा आउन सक्ने अन्य समस्याकाे समेत समाधान सहजै हुनेछ ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको