घर फर्किनेमाथि आप्रवासी शरणार्थीको जस्तो व्यवहार गरेको भन्दै कांग्रेस नेताको गम्भीर आपत्ती

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वदेश भित्र प्रवेश गर्न नदिएर सरकारले विदेशबाट आफ्नो घर फर्किने नेपाली माथी आप्रवासी शरणार्थीको जस्तो ब्यवहार गर्नु अमानवीय काम भएको बताएका छन् । सीमानाका बन्द हुँदा खास गरि भारतबाट आउने नेपाली दशगजा क्षेत्रमै अलपत्र परेका बिषयमा क्वारेन्टाईन लगायत कुनै आवश्यक प्रवन्ध नगरि सरकार मुकदर्शक बन्नु दुःखद र गम्भीर विषय भएको उनको टिप्पणी छ ।
उनीहरु सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी मात्रै होईन कि ज्यानको बाज़ी थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार असह्य भएको भन्दै उनले आक्रोस पोखेका छन । रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ’ भन्दैँ आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको भन्दैं नेता महरले गम्भीर आपत्ती जनाए ।
भारतका विभिन्न क्षेत्रबाट दार्चुलाको सीमा धार्चुलामा आएका उनीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर समेत नेपाल प्रवेश गरेका छन्। तर पौडिएर नेपाल आएकालाई पनि सरकारले प्रहरी लगाई समातेको कारुणिक तस्बीरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।, नेता महरले भने: ‘प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा बजार समेत घुमाएको छ । कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेका देशको सिमानानै अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेवास्ता गर्नु यो सरकारको निकम्मापनको पराकाष्टा हो ।
सीमामा आएका नेपालीलाई आवश्यक परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने, सरकारले यथेष्ट क्वारेन्टाइनको व्यवस्था गरेर तिनीहरुलाई बसमा हालेर ल्याएर परीक्षण गर्नुपर्ने, जोखिम भएकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने र जोखिम नभएकाहरुलाई घर पठाउन सकिने नेता महरको जोडदार माग छ । यस्तै, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएर फर्काएका र्यापिड टेस्टिङ किट सरकारले किनेपछि सरकार स्वास्थ्य जस्तो क्षेत्रमा पनि करोडौंको भ्रष्टाचारमा संलग्न देखिएको भन्दै नेता महरले प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको