घर फर्किनेमाथि आप्रवासी शरणार्थीको जस्तो व्यवहार गरेको भन्दै कांग्रेस नेताको गम्भीर आपत्ती

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वदेश भित्र प्रवेश गर्न नदिएर सरकारले विदेशबाट आफ्नो घर फर्किने नेपाली माथी आप्रवासी शरणार्थीको जस्तो ब्यवहार गर्नु अमानवीय काम भएको बताएका छन् । सीमानाका बन्द हुँदा खास गरि भारतबाट आउने नेपाली दशगजा क्षेत्रमै अलपत्र परेका बिषयमा क्वारेन्टाईन लगायत कुनै आवश्यक प्रवन्ध नगरि सरकार मुकदर्शक बन्नु दुःखद र गम्भीर विषय भएको उनको टिप्पणी छ ।
उनीहरु सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी मात्रै होईन कि ज्यानको बाज़ी थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार असह्य भएको भन्दै उनले आक्रोस पोखेका छन । रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ’ भन्दैँ आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको भन्दैं नेता महरले गम्भीर आपत्ती जनाए ।
भारतका विभिन्न क्षेत्रबाट दार्चुलाको सीमा धार्चुलामा आएका उनीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर समेत नेपाल प्रवेश गरेका छन्। तर पौडिएर नेपाल आएकालाई पनि सरकारले प्रहरी लगाई समातेको कारुणिक तस्बीरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।, नेता महरले भने: ‘प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा बजार समेत घुमाएको छ । कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेका देशको सिमानानै अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेवास्ता गर्नु यो सरकारको निकम्मापनको पराकाष्टा हो ।
सीमामा आएका नेपालीलाई आवश्यक परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने, सरकारले यथेष्ट क्वारेन्टाइनको व्यवस्था गरेर तिनीहरुलाई बसमा हालेर ल्याएर परीक्षण गर्नुपर्ने, जोखिम भएकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने र जोखिम नभएकाहरुलाई घर पठाउन सकिने नेता महरको जोडदार माग छ । यस्तै, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएर फर्काएका र्यापिड टेस्टिङ किट सरकारले किनेपछि सरकार स्वास्थ्य जस्तो क्षेत्रमा पनि करोडौंको भ्रष्टाचारमा संलग्न देखिएको भन्दै नेता महरले प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको