काठमाडौ-नेपाली कांग्रेसका महामन्त्री शशांक काेइरालाले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेका कार्य विश्वसनिय हुन नसकेकाे बताउनु भएकाे छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) काे संक्रमणबाट बच्नकाे लागि नेपाल सरकारले गरिरहेका प्रयत्नहरु परिणाममुखी , प्रभावकारी तथा विश्वसनीय हुन नसकेकाे भन्दै महामन्त्री काेइरालाले सरकाकाे ध्यानाकर्षण गराउन भएकाे छ । यसैगरि नेपाली कांग्रेस काेराना संक्रमण नियन्त्रणकाे सबैखाले अभियानमा सरकारलाई निरन्तर साथ दिदै आएको जानकारी गराउनु हुँदै सरकारले देशमा भएकाे दक्षतालाइ समेत परिचालन गर्नु सक्नुपर्ने बताउनु भयाे ।
अहिलेको प्राथमिकता कोरोना संक्रमण रोक्नु हाे यस्ताे अवस्थामा अस्पतालले आकस्मिक सेवा समेत बन्द गरेकाे र बिरामीले पाउनु पर्ने उपचार समेत नपाएर नागरिकाे स्वास्थ्य अझ जोखिममा परेको खवरलाइ गम्भिर रुपमा लिन र उचित व्यवस्थापन गर्न समेत महामन्त्री काेइरालाले सरकारलाई आग्रह गर्नुभयाे ।
