श्वेताको कान्छी तेस्रो हप्तामा उक्लियो

काठमाडौं – अभिनेत्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म कान्छी प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । तेस्रो हप्तामा चलचित्रले विभिन्न मल्टिप्लेक्ससहित देशभर झण्डै ५० हलहरु पाइरहेको श्वेताले जानकारी गराइन् ।

‘तेस्रो हप्तामा पनि कान्छीले प्रदर्शन भएका नयाँ फिल्महरुको भन्दा धेरै माथि व्यापार गरिरहेको छ,’ श्वेताले फेसबुकमा लेखेकी छिन् ।

आकाश अधिकारीद्वारा निर्देशित यस फिल्मको ‘वर्ड अफ माउथ’ बलियो रहेको छ । फिल्मले सबै वर्ग र उमेर समुहका दर्शकहरुले मन पराएका छन् ।

श्वेताको यो कमव्याक फिल्म हो । यसअघि उनले श्रीकृष्ण श्रेष्ठसँग मिलेर निर्माण र अभिनय गरेको फिल्म ‘कोहिनुर’ ब्लकबस्टर बनेको थियो । कान्छीको सफलता उनका लागि महत्वपूर्ण यस अर्थमा छ कि यो फिल्म उनले श्रीमान श्रीकृष्णको वियोगपछि एक्लै निर्माण गरेकी हुन् ।

फिल्मले पहिलो हप्ता ४ करोड ७० लाखभन्दा बढि ग्रस कलेक्सन गरेको रिपोर्ट श्वेताले सार्वजनिक गरेकी थिइन् । दोस्रो हप्ताको कलक्सन भने उनले खुलाएकी छैनन् । फिल्मले रिलिज हुनु अगावै ओभरसिज राइट र ब्रान्ड प्रमोसनबाट लगानी उठाइसकेको थियो ।

कान्छीमा दयाहाङ राई, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

नाका र ब्लाइन्ड रक्स रिलिज

दुई आशालाग्दा चलचित्र ‘नाका’ र ‘ब्लाइन्ड रक्स’ आजबाट सिनेमा घरहरुमा चढेका छन् । नाका फरक धारको फिल्म हो भने ब्लाइन्ड रक्स बायोपिक हो ।

विपीन कार्कीको प्रमुख भूमिका रहेको फिल्म नाकाको निर्देशन अमित श्रेष्ठले गरेका हुन् । यसैगरी बेनिशा हमालको मुख्य भूमिका रहेको ब्लाइन्ड रक्सका निर्देशक हुन् मिलन चाम्र्स । कान्छी नउत्रिसकेको र थप दुई चलचित्र रिलिज भएको अवस्थामा दर्शकहरु बाँडिन बाध्य भएका छन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको