श्वेताको कान्छी तेस्रो हप्तामा उक्लियो

काठमाडौं – अभिनेत्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म कान्छी प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । तेस्रो हप्तामा चलचित्रले विभिन्न मल्टिप्लेक्ससहित देशभर झण्डै ५० हलहरु पाइरहेको श्वेताले जानकारी गराइन् ।

‘तेस्रो हप्तामा पनि कान्छीले प्रदर्शन भएका नयाँ फिल्महरुको भन्दा धेरै माथि व्यापार गरिरहेको छ,’ श्वेताले फेसबुकमा लेखेकी छिन् ।

आकाश अधिकारीद्वारा निर्देशित यस फिल्मको ‘वर्ड अफ माउथ’ बलियो रहेको छ । फिल्मले सबै वर्ग र उमेर समुहका दर्शकहरुले मन पराएका छन् ।

श्वेताको यो कमव्याक फिल्म हो । यसअघि उनले श्रीकृष्ण श्रेष्ठसँग मिलेर निर्माण र अभिनय गरेको फिल्म ‘कोहिनुर’ ब्लकबस्टर बनेको थियो । कान्छीको सफलता उनका लागि महत्वपूर्ण यस अर्थमा छ कि यो फिल्म उनले श्रीमान श्रीकृष्णको वियोगपछि एक्लै निर्माण गरेकी हुन् ।

फिल्मले पहिलो हप्ता ४ करोड ७० लाखभन्दा बढि ग्रस कलेक्सन गरेको रिपोर्ट श्वेताले सार्वजनिक गरेकी थिइन् । दोस्रो हप्ताको कलक्सन भने उनले खुलाएकी छैनन् । फिल्मले रिलिज हुनु अगावै ओभरसिज राइट र ब्रान्ड प्रमोसनबाट लगानी उठाइसकेको थियो ।

कान्छीमा दयाहाङ राई, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

नाका र ब्लाइन्ड रक्स रिलिज

दुई आशालाग्दा चलचित्र ‘नाका’ र ‘ब्लाइन्ड रक्स’ आजबाट सिनेमा घरहरुमा चढेका छन् । नाका फरक धारको फिल्म हो भने ब्लाइन्ड रक्स बायोपिक हो ।

विपीन कार्कीको प्रमुख भूमिका रहेको फिल्म नाकाको निर्देशन अमित श्रेष्ठले गरेका हुन् । यसैगरी बेनिशा हमालको मुख्य भूमिका रहेको ब्लाइन्ड रक्सका निर्देशक हुन् मिलन चाम्र्स । कान्छी नउत्रिसकेको र थप दुई चलचित्र रिलिज भएको अवस्थामा दर्शकहरु बाँडिन बाध्य भएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको