काठमाडौं – विश्वमा महामारीका रुपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड 19 ) संक्रमणबाट बच्नका लागि नेपाल सरकारले देशभर लकडाउन गरेकाे छ । लकडाउनका बेला के गरिन्छ भन्ने कुरामा सरकार नै स्पष्ट नभएकाे जस्ताे पाइयाे । लकडाउनकाे मतलब सरकाले नै बुझ्न नसकेकाे हाे की ? नागरिकलाई बुझाउन नसकेकाे । लक डाउन भन्नासाथ सबैतिर लक गरेर बसिरहेको स्थानमा नै सुरक्षित भएर बस्नु हाे । याे बेला एक ठाउँबाट अर्काे ठाउमा स्थानन्तरण हुन मिल्दैन अर्थात हुदैन ।
यस विषयमा जे जति प्रचारप्रसार तथा सचेतता अभियान चलाउनु पर्ने हाे त्याे आवश्यकता अनुसार हुन सकेकाे पाइएन । विश्वभर महामारीको रूपमा फैलिएको भाइरसकाे संक्रमणबाट बच्नकाे लागि उच्च सतर्कता अपनाइनु पर्ने देखिन्छ तर नेपालमा त्याे हुन सकिरहेकाे छैन । लकडाउन त भनियो तर त्यसकाे पालना भने प्रभावकारी रुपमा हुन सकेको छैन । लक डाउनमा जे गरिनु पर्थ्याे त्याे हुन सकेन त्यसमाथि सरकारले नै नागरिकमा भ्रम पैदा गरिरहेकाे छ । एक प्रदेशबाट अर्काे प्रदेश जान नपाइने, एक स्थानिय तहबाट अर्काे स्थानिय तहमा जान नपाइने जस्ता भ्रमपुर्ण सुचना जारी गरिरहेकाे छ । यसरी एक प्रदेशबाट अर्काे प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानिय तह नजादैमा काेराना संक्रमणबाट बचिदैन । लकडाउनलाई पुर्ण रुपमा पालना गर्नका लागि कुनैपनि मानिस दाेस्राे व्यक्तिको सम्पर्कमा नजानु, आफू बसिरहेको ठाउँबाट अर्काे स्थानमा नजानु हाे ।
जस्तै एउटा घरमा बसिरहेकाे मानिस अर्काे घरसम्म नजानु अर्थात अर्काे ब्यक्तिकाे सम्पर्कमा नजानु हाे । यस विषयमा नेपाली नागरिकमा सचेतनाकाे अभाव छ । कतिपय नागरिक लकडाउनकाे बिषयमा अनविज्ञ जस्तै छन् । यस्ताे परिस्थितिमा सरकार भने भ्रमपुर्ण सुचना जारी गरिरहेकाे छ । सामान्य भन्दापनि सामान्य नागरिकले समेत बुझ्नु पर्ने बेलामा सरकार आफै अन्याैलमा परेकाे छ ,लकडाउनका समयमा कसरी बस्ने भनेर ।
यसरी अन्याैलमा परेर लकडाउनलाई कडाइ पुर्वक पालना गर्न सकिएन भने जाेखिम झनै बढ्न सक्ने खतरा हुन्छ । यस्ताेबेला अन्याैलमा हाेइन ढुक्क भएर पुर्णतया लकडाउनकाे पालना गर्न गराउन सक्नुपर्छ । लकडाउनकाे पालना पुर्णरुपमा गर्नुपर्छ । यसमा सरकार अत्यन्त चनाखाे हुनुपर्छ भने नागरिक सचेत हुनुपर्छ । लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक अरुबेला घरबाहिर जान हुदैन र घरबाहिर जानै पर्ने काम परेमा पनि सुरक्षा सतर्कता अपनाएर मात्र जानुपर्छ । यसरी आफ्नाे अत्यावश्यक काममा घरबाहिर जाँदा कुनैपनि मानिससँग एक मिटरकाे दुरी कायम गर्नु पर्दछ, भने काम सकेर घर फर्केपछि बाहिर जाँदा लगाएको लुगा फेर्ने र साबुनपानीले राम्रोसंग हात धाेएपछि मात्र अरु काम गर्नु पर्दछ ।
यसरी हर व्यक्तिले आफ्नाे ख्याल आफै गर्न सकेमा मात्र लकडाउनले सार्थकता पाउन सक्छ । अबकाे केही समय लकडाउनलाई कडाइका साथ लागू गर्नुपर्छ । कुनै पनि नागरिकलाई घरबाहिर निक्लन दिनुहुदैन । आफु बसेकाे स्थान बाहेक कतै जान नदिने हाे र लकडाउनकाे अवधिभर आवश्यक पर्ने खाद्यान्न सामग्री नागरिककाे घरसम्म सरकारले उपलब्ध गराउन सक्ने व्यवस्था मिलाउने हाे भने काेराना संक्रमण फैलिने माैका पाउने थिएन । त्यसैगरि संक्रमितकाे पहिचान गर्न पनि सजिलाे पर्ने थियाे । यसरी संक्रमितकाे पहिचान गरि उपचार गर्न र नयाँ संक्रमण हुनबाट राेक्न सकिएमा मात्र समयमा नै काेराना भाइरस (काभिड 19) काे संक्रमणलाई नियन्त्रण गर्न सकिने थियाे कि !
