राहुल गुप्ता, बिरगंज – बिश्वभरी नै कोरोना भाईरसको महामारीको त्रासमा रहेको बेला नेपालमा लकडाउनको घोषणा गरेदेखि नै नारायणी उप- क्षेत्रीय अस्पतालमा उपचाररत र कुरुवा गरिब, असहाय र बिपन्नहरुलाई नि:शुल्क खानाको व्यवस्था गरिएको छ । बिरगंज महानगरपालिका वडा न.४ का वडा अध्यक्ष जगतप्रसाद साह कानुको पहलमा सुरु गरिएको नि:शुल्क खाना बिहान बेलुकी गरि दुई टाईमको खानामा ४०० देखि ५०० जनाले खाने अध्यक्ष साहले जानकारी दिए ।
बिर्ताका भोलेन्टियरहरुको निस्वार्थ सहयोगले नै यो कार्य सफल भएको र अहिले नारायणी अस्पतालका चिकित्सकहरु र अन्य सहयोगी दाताहरुले सहयोग गर्दै आईरहेको समेत बताए । अध्यक्ष साहले यस्तो आपत बिपतको बेला मानबीय कार्य गर्न अग्रसर भएको बेला बाहिर विभिन्न गलत प्रचारबाजि गरि राजनैतिक नगर्न आग्रह गरे । आफुले पनि नगर्ने र अरुले सुरुआत गर्दा पनि अनेक बाहानाबाजी गरि अवरोध खडा नगर्न समेत सम्पुर्ण जनमानसमा अपिल समेत गरेका छन ।