सुनवल नगरपालिकाको दैवी प्रकोप कोषमा २५ लाख भन्दा बढी रकम जम्मा

उर्मिला यादव, सुनवल – विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेष कोषमा सहयोग गर्ने दाताहरु बढदै गएका छ्न । नगरपालिकाले स्थापना गरेको राहत कोषमा अहिलेसम्म लगभग २५ लाख भन्दा बढी रकम जम्मा भएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले बताए । उनले अहिलेसम्म सबै भन्दा बढी सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले ३ लाख ५४ हजार रुपैयाँ दैविक प्रकोप उद्धार विशेष राहत कोषमा जम्मा गरेको बताए।

नगर प्रमुख थापाले ३ महिनाको तलबभत्ता बापतको १ लाख ३ हजार र आफ्नो व्यवसायिक फम तिरुपति निर्माण सेवा तथा सप्लायर्सका अध्यक्षको नाताले रु २ लाख ५१ हजार रुपैया राहत स्वरुप प्रदान गरेका हुन् । यसैगरी, नगरपालिकाले स्थापना गरेको राहत कोषमा सम्पूर्ण जनप्रतिनिधिबाट ४ लाख ११ हजार , व्यक्तिगत सहयोगी दाताहरूमा नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति अर्जुनकुमार पोखरेलले १ लाख १७ हजार रुपियाँ सहयोग गर्नु भएको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, नगरपालिकाका कर्मचारीबाट १ लाख २५ हजार, नगर क्षेत्रका शिक्षकहरूबाट ३ लाख २ हजार लगायत ३५ वटा विभिन्न संघसंस्था र व्यक्तिबाट कोषमा रकम जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भयो। येस्तै गरि सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि श्री स्वस्तिक सहकारी संस्था लि.¸ सुनवल १२, भुमहीले रु १७ हजार ५ सय सहयोग प्रदान गरेको छ ।

स्वस्तिक सहकारी संस्था लि.¸ सुनवल १२, भुमहीले उक्त सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्याललाई सो सहकारीका अध्यक्ष बसन्त सुबेदी सहितका पदाधिकारीहरुले आज हस्तान्तरण गर्नु भएको हो ।यस्तै गरि दैवी प्रकोप उद्दार विशेषकोषमा जम्मा हुने गरि श्री मध्य नेपाल यातायात प्रा. लि.ले रु. २१हजार ,१सय ११रुपैया सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा छेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई सो संस्थाका अध्यक्ष ऋषिराम पौडेल तथा सस्थाका कोषाध्यक्ष निर्मल चापागाईं सहितका पदाधिकारीहरुले सो रकम हस्तान्तरण गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । यस्तै गरि दैबी प्रकोप उद्वार विशेष कोषमा सुनवल न.पा.वडा नं. ४ निवासी समाजसेवी तथा काइला इन्टरप्राइजेजका प्रोप्राइटर हरि बहादुर भण्डारीले आज रु.५१ हजार रुपियाँ सुनवल नगरपालिकाको विशेष कोषमा जम्मा हुने गरि सुनवल नगरपालिकालाई हस्तान्तरण गरेका छन्  ।

यस्तै गरी पश्चिम नेपाल ट्रक व्यवसायी संघका सेक्टर उपाध्यक्ष तथा सुनवल ढुवानी सेवाका प्रोपराइटर खिम बहादुर थापा( नारायण )ले आफ्नो तर्फबाट रु २५हजार ,५सय ५०रुपियाँ सहयोग प्रदान गरे । उनले उक्त सहयोग रकम सुनवल नगरपालिकाका नगर प्रमुख थापालाई  हस्तान्तरण गरेका हुन् । यस्तै गरी हरेक दिन कोषमा जम्मा गर्ने संघसंस्था र सहयोगी दाताहरू आउने गरेको नगरपालिकाले जनाएको छ । कोषमा जम्मा भएको रकम कोरोना भाइरस संक्रमण रोकथाम र राहत वितरणमा खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको