अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालद्धारा राहत वितरण

 उमेश बि.क, नवलपरासी – नवलपरासीको सुनवल नगरपालिका वडा नं. १ र ४ मा अति विपन्न घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ। अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेल , राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य राजु ढकाल र सुनवल नगर सह- संयाेजक विनाेद पाण्डेकाे विशेष पहलमा र राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य पर्शुराम वुढा तथा अनेरास्ववियू जिल्ला सदस्य सुमन भण्डारी , समाजसेवी भरत पाण्डेकाे सक्रियतामा सुनवल नगरपालिका वार्ड नं. १ र ४ मा गरि १७ घर धुरीलाई खाद्यान्न सामाग्री वितरण गरिएकाे हाे।

लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत स्वरुप चामल , दाल , नुन , तेल , सोयाबिन , चिउरा , साबुन १७ घर धुरीलाई सुनवल १ को (सुनवल गाउँ ) र सुनवल ४ को (मुनाल पथ , चारघरे र पाँचघरे ) मा वितरण गरिएको सुनवल नगर सह- संयाेजक विनाेद पाण्डे बताए ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आआफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेलले बताए ।

खाद्यान्न वितरण अनेरास्ववियू कार्यालय सदस्य निरज पाैडेल , राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य राजु ढकाल ,सुनवल नगर सह- संयाेजक विनाेद पाण्डे , राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य पर्शुराम वुढा ,अनेरास्ववियू जिल्ला सदस्य सुमन भण्डारी , समाजसेवि भरत पाण्डे लगाएको सहभागीता रहेकोे थियाे।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको