कारखाना श्रमिक संघले भन्यो : हचुवाको भरमा उद्योग खोल्दा महामारीको जोखिम बढ्छ

काठमाडौं-  नेपाल कारखाना श्रमिक संघले सरकार र उद्योगपतिको ध्यानाकर्षण गराएका छन् । शनिबार संघका अध्यक्ष अमृतलाल जोशीले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष जोशी हस्ताक्षरित विज्ञप्तिमा – कोरोना भाईरसको महामारी व्याप्त रहेको विषम परिस्थितिमा अत्यावश्यक क्षेत्रसंगै अन्य उद्योगहरु पनि संचालन गर्न लागेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल संचालनमा रहेको अत्यावश्यक क्षेत्रको उद्योगमा समेत कोरोना भाइरसबाट बच्ने पिपिई र बच्ने उपायको प्रभावकारी अवलम्बन नगरिरहेको अवस्थामा अन्य उद्योगहरु समेत संचालनमा ल्याउदा कतै कोरोना भाइरसको महामारीमा औद्योगिक क्षेत्र पर्ने त होइन ? कारखानामा सयौंको संख्यामा कार्यरत श्रमिकहरुलाई सरकारले भने बमोजिमको पिपिई , भौतिक दुरिको व्यवस्थापन लगायत बच्ने उपायको उचित व्यवस्थापन अझै पनि भएको छैन । हचुवाको भरमा उद्योग संचालनमा ल्याउदा महामारीको जोखिम बढ्ने सम्भावना उत्तिकै छ ।

साथै यस्तो अवस्थामा पुरा श्रमिकलाई काममा नबोलाई केहिलाई मात्र लगाउदा पनि कोहि रोजगार कोहि बेरोजगार हुँदा झनै द्वन्द्व सृजना हुने कुरालाई पनि नकार्न सकिदैन । यदि उद्योग संचालन नै गर्ने हो भने पनि यहाँ काम गर्दा श्रमिक सुरक्षीत हुने वातावरण र उचित सुरक्षीत कार्यवातावरण छ कि छैन सरकारले प्रभावकारी अनुगमन गरेर मात्र अघि बढोस् भन्ने हाम्रो जोडदार माग हो । यदि यस्तो जटिल अवस्थामा समेत कुनै ध्यानै नदिई केवल उद्योग चलाउने मात्र उदेश्य राखि भोलिका दिनमा केहि अप्रिय घटना र महामारी सृजना भए सरकार र उद्योगपति नै जिम्मेवार हुने उल्लेख गरेका छन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको