कारखाना श्रमिक संघले भन्यो : हचुवाको भरमा उद्योग खोल्दा महामारीको जोखिम बढ्छ

काठमाडौं-  नेपाल कारखाना श्रमिक संघले सरकार र उद्योगपतिको ध्यानाकर्षण गराएका छन् । शनिबार संघका अध्यक्ष अमृतलाल जोशीले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष जोशी हस्ताक्षरित विज्ञप्तिमा – कोरोना भाईरसको महामारी व्याप्त रहेको विषम परिस्थितिमा अत्यावश्यक क्षेत्रसंगै अन्य उद्योगहरु पनि संचालन गर्न लागेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल संचालनमा रहेको अत्यावश्यक क्षेत्रको उद्योगमा समेत कोरोना भाइरसबाट बच्ने पिपिई र बच्ने उपायको प्रभावकारी अवलम्बन नगरिरहेको अवस्थामा अन्य उद्योगहरु समेत संचालनमा ल्याउदा कतै कोरोना भाइरसको महामारीमा औद्योगिक क्षेत्र पर्ने त होइन ? कारखानामा सयौंको संख्यामा कार्यरत श्रमिकहरुलाई सरकारले भने बमोजिमको पिपिई , भौतिक दुरिको व्यवस्थापन लगायत बच्ने उपायको उचित व्यवस्थापन अझै पनि भएको छैन । हचुवाको भरमा उद्योग संचालनमा ल्याउदा महामारीको जोखिम बढ्ने सम्भावना उत्तिकै छ ।

साथै यस्तो अवस्थामा पुरा श्रमिकलाई काममा नबोलाई केहिलाई मात्र लगाउदा पनि कोहि रोजगार कोहि बेरोजगार हुँदा झनै द्वन्द्व सृजना हुने कुरालाई पनि नकार्न सकिदैन । यदि उद्योग संचालन नै गर्ने हो भने पनि यहाँ काम गर्दा श्रमिक सुरक्षीत हुने वातावरण र उचित सुरक्षीत कार्यवातावरण छ कि छैन सरकारले प्रभावकारी अनुगमन गरेर मात्र अघि बढोस् भन्ने हाम्रो जोडदार माग हो । यदि यस्तो जटिल अवस्थामा समेत कुनै ध्यानै नदिई केवल उद्योग चलाउने मात्र उदेश्य राखि भोलिका दिनमा केहि अप्रिय घटना र महामारी सृजना भए सरकार र उद्योगपति नै जिम्मेवार हुने उल्लेख गरेका छन् ।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको