रामेछाप – कोरोना रोग संक्रमण हुन नदिन नगरका लागि अत्यावश्यक मानिएको विषाधि लिन खुर्कोट सम्म सवारी साधनलाई पास माग्दा स्थानीय प्रशासनले नदिएको गुनासो मन्थली नगर प्रमुख रमेशकुमार वस्नेतले गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सवारी साधन लैजानका लागि पास नदिएपछि नगर प्रमुख आफै विभिन्न निकायलाई गुहार्दै खुर्कोट पुगेर विषाधि ल्याएको समेत आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले जतिसुकै अफ्ठेरो झेलेर विषाधि ल्याएको र सोमबार नगरका विभिन्न स्थानमा छर्कने उल्लेख गरेका थिए ।
तर वस्नेतले लेखेको स्टाटस केहि क्षण पछि हटाइएको छ । ‘ कसैलाई अप्ठेरो परेकोले मैले आफुलाई छाति माथि ढुङ्गा राखि हास्नु प¥याछ भन्ने बुझेर आफ्नो पोष्ट फिर्ता लिएकोे छु ’ बस्नेतले दोश्रो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । यसबाट प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले नगर प्रमुख वस्नेतलाई फेसबुकमा लेखीएको अभिव्यक्ति हटाउनका लागि दवाव दिएको सहजै बुझ्न सकिन्छ ।
नगर प्रमुख वस्नेतले पहिलो स्टाटस हटाएर दोश्रो राखे पश्चात धेरै प्रतिक्रिया दिएका छन् फिर्ता लिनु गलत भएको वताएका छन् भने आ आफ्नो फेसबुक पेजमा नगर प्रमुखको सामाजिक कार्यमा प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ ।
कोरोनाको संक्रमण फैलिई देश लकडाउन भएका बेला रामेछाप प्रशासनले जथाभावि सवारी पास दिएको थियो । जिल्लामा झण्डै ४ सयको हाराहारीमा सवारी पास वितरण गरेको प्रशासनले जिल्लाका कुनै पनि नाकामा कसैलाई पनि स्वास्थ्य परिक्षण नगराई छिर्न दिएको थियो । लकडाउनमा वसेका अधिकांश मन्थलीबासीले सडकमा निर्वाध सवारी साधन र बाक्लो यात्रु हिडिरहेकोमा चिन्ता व्यक्त गर्दै लकडाउनको अर्थ नभएको जनाएका थिए ।
यसैबिच प्रशासनले संघीय सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिवन्ध लगाएको भन्दै आइतबार कुनै पनि सवारी साधनको पास वितरण नहुने सूचना जारी गरेको छ ।
नगर प्रमुखले पाएनन् सवारी पास

सिफारिस
भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’
काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...
बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा
सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...
एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास
संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...
भर्खरै
एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास
संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...
यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...
बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन
काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...
असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)
काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...
मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...