नगर प्रमुखले पाएनन् सवारी पास

रामेछाप – कोरोना रोग संक्रमण हुन नदिन नगरका लागि अत्यावश्यक मानिएको विषाधि लिन खुर्कोट सम्म सवारी साधनलाई पास माग्दा स्थानीय प्रशासनले नदिएको गुनासो मन्थली नगर प्रमुख रमेशकुमार वस्नेतले गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सवारी साधन लैजानका लागि पास नदिएपछि नगर प्रमुख आफै विभिन्न निकायलाई गुहार्दै खुर्कोट पुगेर विषाधि ल्याएको समेत आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले जतिसुकै अफ्ठेरो झेलेर विषाधि ल्याएको र सोमबार नगरका विभिन्न स्थानमा छर्कने उल्लेख गरेका थिए ।
तर वस्नेतले लेखेको स्टाटस केहि क्षण पछि हटाइएको छ । ‘ कसैलाई अप्ठेरो परेकोले मैले आफुलाई छाति माथि ढुङ्गा राखि हास्नु प¥याछ भन्ने बुझेर आफ्नो पोष्ट फिर्ता लिएकोे छु ’ बस्नेतले दोश्रो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । यसबाट प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले नगर प्रमुख वस्नेतलाई फेसबुकमा लेखीएको अभिव्यक्ति हटाउनका लागि दवाव दिएको सहजै बुझ्न सकिन्छ ।
नगर प्रमुख वस्नेतले पहिलो स्टाटस हटाएर दोश्रो राखे पश्चात धेरै प्रतिक्रिया दिएका छन् फिर्ता लिनु गलत भएको वताएका छन् भने आ आफ्नो फेसबुक पेजमा नगर प्रमुखको सामाजिक कार्यमा प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ ।
कोरोनाको संक्रमण फैलिई देश लकडाउन भएका बेला रामेछाप प्रशासनले जथाभावि सवारी पास दिएको थियो । जिल्लामा झण्डै ४ सयको हाराहारीमा सवारी पास वितरण गरेको प्रशासनले जिल्लाका कुनै पनि नाकामा कसैलाई पनि स्वास्थ्य परिक्षण नगराई छिर्न दिएको थियो । लकडाउनमा वसेका अधिकांश मन्थलीबासीले सडकमा निर्वाध सवारी साधन र बाक्लो यात्रु हिडिरहेकोमा चिन्ता व्यक्त गर्दै लकडाउनको अर्थ नभएको जनाएका थिए ।
यसैबिच प्रशासनले संघीय सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिवन्ध लगाएको भन्दै आइतबार कुनै पनि सवारी साधनको पास वितरण नहुने सूचना जारी गरेको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको