सेनाले भन्यो : जुनसुकै विपदको बेला पनि सरकारी म्यान्डेटमा रहेर कर्तव्यपालन गर्छौँ

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) खरिद गर्न सरकारले आफ्नो संस्थालाई जिम्मेवारी दिएकोे जानकारी दिएको छ ।

आइतबार भिडियो कन्फरेन्समार्फत् पत्रकार सम्मेलन गदै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त जानकारी दिएको हो । ‘नेपाल सरकारको मातहतमा रहेको नेपाली सेना पनि एउटा संस्था हो, उनले भने, ‘नेपाली सेना जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर सँधै उत्तरदायित्ववोधका साथ कर्तव्यपालन गरिरहेको छ ।’

केही दिनअघि भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) मार्फत् खरिद गर्ने नेपाली सेनालाई जिम्मेवारी दिएको उनले स्पष्ट पारेका छन् । ती सामान खरिद गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, रक्षा मन्त्रालय र विश्व स्वास्थ्य संघका आधिकारीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उनले नेपाली सेनाका प्रवत्ता पाण्डेले बताएका छन् । (गोरखापत्रबाट)

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको