काठमाडौं – अहिले देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी स्थानहरुमा आंशिक बदली रही बाँकि भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने छ। मैसम पूर्वानुमान महाशाखाका अनुसार आज राती देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ।