वीरगन्जमा कोरोना उपचार केन्द्र खोल्न मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण

राहुल गुप्ता, वीरगन्ज – वीरगन्जमा कोरोना भाइरस  (कोभिड 19) को उपचार केन्द्र खोल्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदीलाई ध्यानाकर्षण गराएका छन्।  आइतबार पर्सा क्षेत्र न. १ का सांसद प्रदीप यादव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी ,नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय र आकस्मीक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा. उदय नारायण सिंह लगायतको टोलीले  कारोना रोगको संक्रमण नियन्त्रणको लागी वीरगन्जमा चलिरहेको तैयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउंदै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कारोना भाइरसको उच्च जोखिम र प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब,स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई लगायतका सामग्री तथा छूटै कोभिड अस्पताल संचालन गर्न माग गरिएको हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले वीरगन्ज प्रति आफु सम्बेदनशिल रहेको र कोराना रोगको संक्रमण नियन्त्रणको लागी पिसिआर मेशिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारको लागि कोभिड अस्पताल जनकपुर तथा वीरगन्जमा दुइ ठाउमा संचालन गरिने गरी व्यवस्था भइरहेको बताए ।

त्यस्तै नारायणी अस्पतालका चिकित्सकहरुका लागि लगभग ४० थान पिपिई,मास्क र गल्पस लगायतका सामग्रीहरु सोमबार साँझसम्म नारायणी अस्पतालका पुगिसक्ने उनले बताए।  उनले रोगको परिक्षण तथा उपचारको लागी पिसिआर सहितको ल्याब यथा सिघ्र संचालन गर्नुका साथै रोगको उपचारको लागि कोबिड अस्पताल वीरगन्जमा पनि अबिलम्ब संचालन गर्ने निर्णय भएको पनि जानकारी गराए ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको