वीरगन्जमा कोरोना उपचार केन्द्र खोल्न मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण

राहुल गुप्ता, वीरगन्ज – वीरगन्जमा कोरोना भाइरस  (कोभिड 19) को उपचार केन्द्र खोल्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदीलाई ध्यानाकर्षण गराएका छन्।  आइतबार पर्सा क्षेत्र न. १ का सांसद प्रदीप यादव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी ,नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय र आकस्मीक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा. उदय नारायण सिंह लगायतको टोलीले  कारोना रोगको संक्रमण नियन्त्रणको लागी वीरगन्जमा चलिरहेको तैयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउंदै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कारोना भाइरसको उच्च जोखिम र प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब,स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई लगायतका सामग्री तथा छूटै कोभिड अस्पताल संचालन गर्न माग गरिएको हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले वीरगन्ज प्रति आफु सम्बेदनशिल रहेको र कोराना रोगको संक्रमण नियन्त्रणको लागी पिसिआर मेशिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारको लागि कोभिड अस्पताल जनकपुर तथा वीरगन्जमा दुइ ठाउमा संचालन गरिने गरी व्यवस्था भइरहेको बताए ।

त्यस्तै नारायणी अस्पतालका चिकित्सकहरुका लागि लगभग ४० थान पिपिई,मास्क र गल्पस लगायतका सामग्रीहरु सोमबार साँझसम्म नारायणी अस्पतालका पुगिसक्ने उनले बताए।  उनले रोगको परिक्षण तथा उपचारको लागी पिसिआर सहितको ल्याब यथा सिघ्र संचालन गर्नुका साथै रोगको उपचारको लागि कोबिड अस्पताल वीरगन्जमा पनि अबिलम्ब संचालन गर्ने निर्णय भएको पनि जानकारी गराए ।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको