धरानमा तीन जना डेंगु संक्रमित भेटिए

धरान –  धरानमा डेंगु संक्रमण देखिन थालेको छ। गतबर्ष बैशाख अन्तिममा देखिएको डेंगु यसपटक चैत महिनामै देखापरेको हो । अहिले सम्म धरानमा तीन जना डेंगु संक्रमित भेटिएका छन् ।

धरानको विरेन्द्र मेडिकल हलमा विरामी भएर स्वास्थ्य परिक्षण गर्न आईपुगेका धरान-१२ का ५४ बर्षिय एक महिला र धरान-१५ का १९ बर्षिय एक युवामा डेंगु भेटिएको विरेन्द्र मेडिकल हलले जनाएको छ । यस भन्दा अघि धरानको सन्ध्या इन होटलका चालकमा पनि डेंगु संक्रमण भेटिएको थियो । अहिले उनी निको भईसकेका छन् ।

यो वर्ष अलि चाँडै डेंगु धरानमा देखिएकाले सर्वसाधरणले घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी छोपेर राख्नुपर्ने र फ्रिज, कुलरको पानी सफा गरीरहनुपर्ने, डेंगु संक्रमणको जोखिमबाट बेलैमा सचेत हुनुपर्ने रान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका बरिष्ठ कबिराज रामबाबु यादबले जानकारी दिए ।

अहिले सिंगै मुलुकको ध्यान कोरोना भाईरसमा केन्द्रित भईरहेकोे बेलामा यस्तो अवस्थामा सर्वसाधरण आफैले सचेतता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको