धरान – धरानमा डेंगु संक्रमण देखिन थालेको छ। गतबर्ष बैशाख अन्तिममा देखिएको डेंगु यसपटक चैत महिनामै देखापरेको हो । अहिले सम्म धरानमा तीन जना डेंगु संक्रमित भेटिएका छन् ।
धरानको विरेन्द्र मेडिकल हलमा विरामी भएर स्वास्थ्य परिक्षण गर्न आईपुगेका धरान-१२ का ५४ बर्षिय एक महिला र धरान-१५ का १९ बर्षिय एक युवामा डेंगु भेटिएको विरेन्द्र मेडिकल हलले जनाएको छ । यस भन्दा अघि धरानको सन्ध्या इन होटलका चालकमा पनि डेंगु संक्रमण भेटिएको थियो । अहिले उनी निको भईसकेका छन् ।
यो वर्ष अलि चाँडै डेंगु धरानमा देखिएकाले सर्वसाधरणले घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी छोपेर राख्नुपर्ने र फ्रिज, कुलरको पानी सफा गरीरहनुपर्ने, डेंगु संक्रमणको जोखिमबाट बेलैमा सचेत हुनुपर्ने रान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका बरिष्ठ कबिराज रामबाबु यादबले जानकारी दिए ।
अहिले सिंगै मुलुकको ध्यान कोरोना भाईरसमा केन्द्रित भईरहेकोे बेलामा यस्तो अवस्थामा सर्वसाधरण आफैले सचेतता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।