गाउँ गाउँमा पुगेर कोरोनाबारे जनचेतना जगाउँदै पर्सा प्रहरी प्रमुख पन्त

राहुल गुप्ता,
बिरगंज – विश्वब्यापी फैलिरहेको महामारी नोबेल कोरोना भाइरसलाई मध्य नजर गरि सरकारले लागु गरेको लकडाउनलाई सफल बनाउनको लागि पर्साका प्रहरी गाउँ गाउँ जनचेतना जगाउँदै  हिडेका छन्। पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसमेत  दिन रात नभनी जनता शान्ति सुरक्षा पहिलो प्राथमिकता हो भन्दै पर्सा जिल्लाको गाउँ गाउँमा आफैँ जनचेतना गराउदै हिडेकी छिन् । उनले कोरोना भाइरससंग बच्न सरकारले लागू गरेको लकडाउनको पालना गरि आ-आफ्नो घरमा बसि र साबुन पानीले पटकपटक मिचेर हात धुन आग्रह गर्दै स्थानिय समक्ष पुगेकी हुन्।

सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझे पछि पर्सा प्रहरीले गाउँ गाउँ पुगेर जनचेतना दिएको हो। अहिले भने विभिन्न नाकामा भारतबाट नेपाल आउने र भारत जाने कार्य पुर्ण रुपले थप्प गरिएकाले नागरिकहरुले पनि लकडाउनलाई बुझेर पालना गर्दै आएका छन् ।

एसपी पन्तले भनिन् : “अरु निषेध आज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो। तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो। जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु पर्‍यो।” मास्क, स्यानिटाइजर बनाउने उद्योग , खाद्य, तरकारी पसलहरु पनि खुल्ला रहेपनि त्यस्ता उद्योग र खाद्यन्न पसल र तरकारी बजारलाई पुर्णरुपले व्यवस्थित सुरुमा केहि  कठिन भएपनि अहिलै व्यवस्थित गरी आफैँ  जिम्मेवारी बहन गर्दै संचालन गर्दै आएका  छन्  ।

वीरगंज मुख्य खुल्ला सिमानाका भएको हुनाले घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने गरेको एसपी पन्तले बताइन । भारतबाट नेपालमा आएका रोजगारी गरी फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ उनले भनिन्। पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ । बसाइ पनि उस्तै छ। यता बस्नेको पारी व्यवसाय छ । किनमेलका लागि पनि कतै वारी कतै पारी जानु पर्ने अवस्था छ । स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था रहेको उनको भनाई छ।

यस्तो अवस्थामा सकेसम्म बुझाएर र नभए जबर्जस्ती पनि गर्नु पर्ने अवस्था छ । पहिलेका भन्दा धेरै स्थानमा प्रहरी ड्युटी गरिरहेका छौं। सुरुमा सम्झाइ बुझाइ गरेर पठाउने, नभए होल्डमा राख्दिने र त्यो पनि नभए संक्रामक रोग ऐन अनुसार कारबाही पनि गरिरहेका छौं ।

हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। दूरी कायम गर्न लाठीको प्रयोग गरिरहेका छौं, सरसफाइ पनि बढाएका छौं उनले भनिन्।  पर्सा जिल्लामा पहिलो पटक महिला प्रहरी प्रमुख आएदेखि पर्सा जिल्लामा शान्ति सुरक्षा निकै व्यवस्थित रहेको स्थानीयहरु बताउछन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको