रामेछाप- एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु ओसारेको अभियोगमा गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको बताएको छ । रामेछाप प्रहरी प्रमुख डिसपी वसन्त पाठकले एम्बुलेन्सले नक्कली बिरामी भन्दै यात्रु ल्याएको बताए ।
बिरामीको कागजपत्र समेत केहि नगरेको र कुन अस्पतालबाट आएको भन्ने कुरा पनि बताउन नसकेपछि चालकलाई नियन्त्रणमा लिई कागज गराई १० दिनमा उपस्थित हुनु पर्ने भनेर छोडिएको डिसपी पाठकले अन्नपूर्ण टाइम्सलाई जानकारी दिए । चालकले पनि कोठा कोठामै पुगेर यात्रु ल्याएको स्वीकारेको उनको भनाइ छ ।
उता नक्कलि विरामी वनाई यात्रु बोकेको अभियोगमा एम्बुलेन्स र चालक पक्राउ शिर्षकमा प्रकाशित समाचार प्रति गोकुलगंगा गाउँपालिका वडा न ६ फर्पुले खेद प्रकट गरेको छ ।
