काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देशवासीलाई जोगाउन सरकारले ‘लक डाउन’ गरेको आज १५ औं दिन बितेको छ ।
सरकारले घरभित्रै बस्नु भनेकाले दिउँसो सडकमा मानिसहरू खासै देखिदैनन् भने साँझ परेपछि भने केहि चहलपहल देखिन्छ। फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ ।
मुल चोक र सडकहरूमा प्रहरीहरूको बाक्लो उपस्थिति छ। सरकारले यो लक डाउन बैशाख ३ गते सम्मका लागि लागू हुने जनाएको छ।