वीरगन्जमा कोरोनाको छुट्टै अस्पताल बन्ने, विज्ञ टोलीद्वारा स्थलगत अध्ययन

राहुल गुप्ता, वीरगञ्ज – वीरगन्जमा कोरोनाको छुटै अस्पताल बन्ने भएको छ । प्रदेश नं. २ को सरकारले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथाम र उपचारको लागि गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलत अध्ययन गरेको पछि सो अस्पताल बनाउन तयारी सुरु गरिएको छ ।

वीरगञ्जमा कोरोना रोगको छुटै अस्पताल स्थापना गर्ने माग बढेपछि प्रदेश सरकारले गठन गरेको चिकित्सकहरुको टोलीले मङ्गलबार महानगरका विभिन्न अस्पतालमा पुगेर चिकित्सक तथा प्रबिधिकहरुसगं छलफल गर्दै अस्पताल  संचालनको उपयोगीता बारे अध्ययन गरेको हो ।

सम्भाव्यता अध्ययन गर्ने टोलीमा सुरेन्द्र यादव, विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय लगायतको सहभागिता थियो । सोमबार प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी तथा चिकित्सक सहितको टोलीले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग भेटवार्ता गरी वीरगन्जमा कोराना रोगको नियन्त्रण तथा उपचारका लागी विशेष व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

मुख्यमन्त्री लालबाबु राउत गदीको विशेष पहलमा प्रदेश सरकारको चिकित्सकहरुको विज्ञ टोलीले वीरगञ्ज स्थित नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेसनल ट्रेडिङ र कृषि ज्ञान केन्द्रमा कोरोना भाइरसका लागि विशेष अस्पताल स्थापना  गर्न सम्भाव्यत अध्ययन गरेको सांसद प्रदिप यादवले बताए ।

सांसद यादवले वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर हालका लागि कोरोनाको विशेष अस्पताल बनाउन सकिने बताएका छन् । प्रदेश सरकारको टोलीले हालका लागि गण्डक स्थित वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर कोरोना रोगको विशेष अस्पताल बनाउन सकिने उपयुक्त वातावरण रहेको बताएका छन।

सांसाद यादवले भने, ’अहिले निश्चित भने भइसकेको छैन, अध्ययन टोलीले प्रतिवेदन सार्वजनिक नगरेसम्म केहि भन्न सकिंदैन’ तर छिटो भन्दा छिटो अस्पतालको स्थापना गर्ने पक्षमा हामी सबै रहेको उनले बताए ।

त्यसैगरी सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण समेत गरेका छन् । चौधरी फाउन्डेशनले प्रदेश नम्बर २ लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री एक कार्यक्रम बिच सांसद यावदले नारायण अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायलाई हस्तान्तरण गरे ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको