रामेछाप – रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ । ३ दिनदेखि ज्वरो आएर तामाकोशी अस्पतालमा उपचारको लागि अस्पताल उपचारका लागि मंगलबार अपरान्ह भर्ना भएका एक व्यक्तिको गएराति मृत्यू भएको हो । मृत्यू हुने मन्थली नगरपालिका ११ का ६० बर्षिया वृद्ध हुन ।
अस्पतालले उपचारमा सम्लग्न चिकित्सक देखि सफाइ कर्मचारीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा कसैलाई पस्न दिइएको छैन । मृतकको शव मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र ११ नम्बरका वडा अध्यक्ष भिमवहादुर थापामगरको सक्रियतामा अन्तिम संस्कारको लागि अस्पतालबाट लैजाने तयारी गरीएको छ ।
अस्पतालमा रहेका सवै स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको सामाग्री प्रयोग गराएपनि थप सरसफाई गरेपछि मात्र अन्यलाई प्रवेश दिने तयारी गरीएको छ । सवै अस्पताल सफाईका लागि व्यवस्थापनले निर्देशन दिएको छ ।
कोरोना संग मिल्दो लक्षण भएका मृतक व्यक्तिको यात्राको अवस्था वुझ्ने क्रम जारी छ । निज घरमै रहेको तर काठमाण्डौ र अन्य क्षेत्रबाट आएको मानिसको संम्पर्कमा रहेको प्रारम्भिक जानकारी आएको छ ।
उनको स्वाप परिक्षणका लागि आजै धुलिखेल पठाईएको छ । मृतकको प्रकृति हेर्दा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएता पनि रिपोर्ट आएपछि मात्र सबै पत्ता लाग्ने अस्पताल श्रोतले जनाएको छ ।अस्पतालबाट बुधबार अपरान्ह सम्म रिपोर्ट आउने वताइएको छ ।
यसैविच मन्थलीमा बुधबार विहानै देखि उक्त व्यक्ति कोरोनाकै कारण मरेको हल्ला चलेपछि प्रहरीले सडकमा फाट्ट फुट्ट हिडडुल गर्नेलाई समेत रोक्न थालेको छ । वजारमा प्रहरीको निगरानी बढाइएको छ । बुधबार देखिनै स्थानीय प्रशासनले तरकारी, दुध , ग्यांस र खाद्य सामाग्रीका लागि विहान १० देखि १ वजे सम्म किनमेलका लागि समय तोकेको छ । यस अघि विहान ६ देखि ८ र बेलुका ५ देखि ८ वजे सम्म किनमेलका लागि समय दिइएको थियो
