रामेछाप – रामेछापमा मंगलबार राति मृत्यु भएका एक बृद्धको कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कोरोनाको जस्तो लक्षण पाइएपछि चिकित्सकले मृतकको घाँटीबाट स्वाब निकाली परिक्षणका लागि धुलिखेल अस्पताल पठाएका थिए । धुलिखेल अस्पतालमा स्वाब परिक्षण गर्दा कोरोना नेगेटिभ भेटिएको हो ।
मंगलबार साँझ तामाकोशी अस्पतालमा भर्ना भएका ६७ बर्षिय वृद्धको राति ११.३० मा मृत्यु भए पश्चात निजको रोगका लक्ष्यणहरुका आधारमा बुधबार विहान मृतकको स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।
बुधबार साँझ त्यसको रिपोर्ट नेगेटिभ आएपछि तामाकोशी अस्पतालले क्वारेन्टाइनमा राखेका १४ जना स्वास्थ्यकर्मीलाई साँझ नै सवैलाई घर पठाइएको छ । मृतकलाई ३ दिन देखि ज्वरो आएको र निज दमको दिर्घरोगी भएको जनाइएको छ ।
दिनभर कोरोना संक्रमणबाट मृत्यु भएको हल्लाले धेरैको मानसिकता त्रासमय बनेकाले अब सबै शान्त हुन तर सचेत रहन पनि अस्पतालले अनुरोध गरेको छ ।
