किर्तिमानी गीत ‘कुटुमा कुटु’ ! जसको कुल जनसंख्याको करिब दोब्बर भ्यूज !

काठमाडौं – चलचित्र २ रुपैयाँको सबैको मुखमा झुन्डिएको गीत बिहे, भोज, पिकनिक, डान्स पार्टी जताततै गुञ्जिने चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।
नेपालको जनसंख्या कति छ ? जवाफ फटाफट आउन सक्छ, २ करोड ६४ लाख बढी । अर्को प्रश्न सोधौ, ‘कुटुमा कुटु’गीत अहिलेसम्म कति पटक हेरिएको होला ? यसको जवाफ यसरी दिन सकिन्छ, कुल नेपालीको संख्याभन्दा झन्डै दोब्बर पटक । सोझै भनौ, पछिल्लो जनगणनालाई आधार मानेर हेर्दा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख बढी छ । राजनराज सिवाकोटीले लेखेको, धुन भरेको र स्वरवद्ध गरेको यो गीतलाई यो समाचार तयार पार्दाको समयसम्ममा युट्युवमा ५ करोड ३१ लाख बढी पटक हेरिएको छ । यो क्रम बढ्दो छ ।
यस हिसावले हरेक नेपालीले दुई पटक यो गीतको म्युजिक भिडियो हेर्दा जति संख्या पुग्छ, करिब त्यती नै पुगेको छ ‘कुटुमा कुटुको’ भ्युज ।यसअघि नेपालको कुनैपनि गीतको भिडियोले युट्युमा यति धेरै भ्युज बटुलेको छैन ।
यस हिसावले नेपाली दृश्य संगीतमा यो नयाँ रेकर्ड हो । यो गीतमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचरिङ गराइएको छ ।
कुटुमा कुटु गीतको भिडियोलाई हाइलाइट नेपालले २०१७ मे महिनाको २८ मा अपलोड गरेको हो । यस भिडियोलाई टक्कर दिने अर्को भिडियो छैन । यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रिय छ ।
यस गीतका संगीतकार राजनराज शिवाकोटीले आफ्नो सिर्जना यति धेरै लोकप्रिय होला भन्ने परिकल्पनासमेत नगरेको बताएका छन् ।
राजनराज भन्छन्–‘म आफूलाई भाग्यशाली ठान्दछु, यो अर्थैमा कि मैले तपाईंहरुलाई मन पर्ने गीत बनाउन सकेँ, जुन ईश्वरको कृपा हो’। उनले यो टिम वर्कको नतिजा भएको उल्लेख गरेका छन् ।
पछिल्लो समय राजनराजद्वारा संगीतबद्ध थुप्रै गीतहरु यूट्यूबमा करोड भन्दा धेरै भ्यूज भएको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको