सांसद आले मगरले आफ्नै खर्चमा जिल्ला पठाए लाखौंको स्वास्थ्य सामग्री

काठमाडौं – डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले मगरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा नियन्त्रणका लागि खटिने चिकित्सकहरुका लागि लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री पठाएका छन् । सांसद आलेले  बुधबार २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२ सय जोडी, र फुट क्यप एक हजार जोडा,मास्क १२ सय थान,साइरेक्स पाउडर ३० बोतल र स्वाव परीक्षण गर्ने भिटिएम ३०५ थान सामग्री पठाएका हुन् ।

कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकहरुका लागि सुरक्षित औजारहरुको जिल्लामा कमी भएकोले आफूले उक्त सामग्री पठाएको उनले बताए । उनले ती स्वास्थ्य उपकरण प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडलमार्फत उपलब्ध गराएका हुन् । बुधबार नै ती सामग्रीहरु सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने उनले बताए । स्वास्थ्य सामग्रीहरु सांसद आलेले व्यक्तिगत लगानीमा हेलिकोप्टरमार्फत जिल्ला पठाएका हुन् ।

त्यसका लागि उनले विभिन्न मन्त्रालयका साथै सचिवहरुसँग स्वास्थ्य सामग्री जिल्लामा पठाउन आग्रह गरेका थिए । यी सामग्री उपलव्ध भएपछि डोटी जिल्लामा स्वाव परीक्षणका संकलन गरिने छ । राजपुर केन्द्रको पुर्विचौकी गाउँपालिका केआइसिंह गाउँपालिका र दिसि नगरपालिकाबाट, खत्याडी केन्द्रमा बोगटान फुडसिल गाउँपालिका, विपीनगर केन्द्रमा जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका, मौवा केन्द्रमा सायल गाउँपालिका र आदर्श गाउँपालिका तथा धुर्कोट केन्द्रमा शिखर नगरपालिकाबाट स्वावको नमुना संकलन गरी स्वाब परीक्षण गरिने छ ।

बुधबार सामग्री हस्तान्तरणपछि सांसद आलेमगरले भारतबाट फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्न सकिने प्रतिकृया दिए । जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले स्वास्थ्य सामग्री बुझ्दै जिल्लामा चिकित्सकहरुलाई बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज हुने बताए । जिल्लामा विकासवादी नेताका रुपमा परिचित सांसद आलेले डोटेली जनताका लागि आफूले हरतरहको सहयोग गर्ने प्रतिक्रिया ब्यक्त गरे ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको