सांसद आले मगरले आफ्नै खर्चमा जिल्ला पठाए लाखौंको स्वास्थ्य सामग्री

काठमाडौं – डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले मगरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा नियन्त्रणका लागि खटिने चिकित्सकहरुका लागि लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री पठाएका छन् । सांसद आलेले  बुधबार २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२ सय जोडी, र फुट क्यप एक हजार जोडा,मास्क १२ सय थान,साइरेक्स पाउडर ३० बोतल र स्वाव परीक्षण गर्ने भिटिएम ३०५ थान सामग्री पठाएका हुन् ।

कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकहरुका लागि सुरक्षित औजारहरुको जिल्लामा कमी भएकोले आफूले उक्त सामग्री पठाएको उनले बताए । उनले ती स्वास्थ्य उपकरण प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडलमार्फत उपलब्ध गराएका हुन् । बुधबार नै ती सामग्रीहरु सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने उनले बताए । स्वास्थ्य सामग्रीहरु सांसद आलेले व्यक्तिगत लगानीमा हेलिकोप्टरमार्फत जिल्ला पठाएका हुन् ।

त्यसका लागि उनले विभिन्न मन्त्रालयका साथै सचिवहरुसँग स्वास्थ्य सामग्री जिल्लामा पठाउन आग्रह गरेका थिए । यी सामग्री उपलव्ध भएपछि डोटी जिल्लामा स्वाव परीक्षणका संकलन गरिने छ । राजपुर केन्द्रको पुर्विचौकी गाउँपालिका केआइसिंह गाउँपालिका र दिसि नगरपालिकाबाट, खत्याडी केन्द्रमा बोगटान फुडसिल गाउँपालिका, विपीनगर केन्द्रमा जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका, मौवा केन्द्रमा सायल गाउँपालिका र आदर्श गाउँपालिका तथा धुर्कोट केन्द्रमा शिखर नगरपालिकाबाट स्वावको नमुना संकलन गरी स्वाब परीक्षण गरिने छ ।

बुधबार सामग्री हस्तान्तरणपछि सांसद आलेमगरले भारतबाट फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्न सकिने प्रतिकृया दिए । जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले स्वास्थ्य सामग्री बुझ्दै जिल्लामा चिकित्सकहरुलाई बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज हुने बताए । जिल्लामा विकासवादी नेताका रुपमा परिचित सांसद आलेले डोटेली जनताका लागि आफूले हरतरहको सहयोग गर्ने प्रतिक्रिया ब्यक्त गरे ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको