जब नेपालका सांसद भारतमा रोकिएका नेपाली भेट्न भारतीय क्वारेन्टाइनमा पुगे …

 राहुल गुप्ता, वीरगन्ज –  कोराना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव पुगेका छन् ।

बुधवार त्यहाँ पुगेर सांसद यादवले नेपालीहरुसंग भलाकुसारी गरी क्वारेन्टाइनमा बसेकाहरु अवस्था बुझेका हुन्।  भलाकुसारी पश्चात सांसद यादवले उनीहरु सकुशल रहेको जानकारी घर परिवारससम्म पुर्याइदिने बताएपछि क्वारेन्टाइनमा रहेका नेपाली खुसी भएका थिए ।

‘नेपाल सरकारलाई र हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, अहिले विशेष परिस्थिती भएको हुनाले जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्न बाध्यता छ,’ सांसद यादवले भने, ‘सामान्य अवस्था हुने बितिकै तपाइहरु आ आफ्नो ठाउँमा जान पाउनु हुनेछ ।’ उनीहरुले यहाँ बसाई सुविधापुर्ण रहेको र कुनै असहजता नभएको प्रतिक्रिया दिए ।

सांसद यादवले क्वारेन्टाइनमा रहेकाहरुलाई आफ्नोतर्फबाट सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, भुजिया, जुस र खानेपानी लगायत सामग्री दिएका थिए । उक्त अवसरमा एसएसबिका कमान्डेन्ट राजकुमार कुमावत, प्रखण्ड बिकास पदाधिकारी कुमार प्रशान्त, रक्सोल नगर कार्यपालिकाका अधिकृत गौतम आनन्द, भुमी उपसम्हारता मनिस कुमार लगायतको उपस्थिती रहेको थियो ।

रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ । त्यहाँ २५ जनालाई राखिएकोमा १५ जना नेपाली नागरिक रहेका छन् । उनीहरुलाई त्यहाँ बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुबिधा उपलब्ध गराइएको छ ।

रक्सोलस्थित क्वारेन्टाइनमा बसेकाहरुलाइ प्रत्येक जनालाई एउटा खाट, त्यसमा बिछ्यौना, ओढ्ने र झुलको ब्यवस्था गरिएको र बिहान बेलुका खाना र  खाजाको समेत प्रबन्ध रहेको उनीहरुले जानकारी गराए ।

उता भारतमा पनि लकडाउन रहेकोले सिमामा आवतजावत पुर्ण रुपमा अवरुद्ध भएपछि मानिसहरु आउन वा जान पाएका छैन । दुबैतर्फ लकडाउनभएपछि नेपालबाट भारतीय भुमीमा रहेका नागरिकलाई गएर भेंटेका एकमात्र जनप्रतिनिधि हुन ।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको