बाजुरा – आफ्नै ३३ वर्षीया श्रीमती सेतु रोकायालाई गोली हानी हत्या गरेको अभियोगमा बाजुरा गौमल गाउँपालिका-५ बिज्या ढुङगा बस्ने ४० वर्षीय गोरख रोकायालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गोरखले आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा गोठमा बुधबार साँझ भरुवा बन्दुकले टाउकोमा गोली हानी उनकै श्रीमती सेतुको हत्या गरेको भन्दै ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
